images

२०८३ आश्विन २९ गते

images
images
images

प्रिसेसनमा ९.९४ अंकले बढ्यो नेप्से

प्रिसेसनमा ९.९४ अंकले बढ्यो नेप्से

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • काठमाडौं । साता दोस्रो कारोबार दिन (सोमबार)को प्रिओपन सेसनसँगै सेयर बजार २९ सयको बिन्दुमाथि पुगेको छ । प्रिसेसनमा ९.९४ अंकले बढ्दै नेप्से २९००.२३ को बिन्दुमा उक्लिएको हो ।

    images
    images

    यो सेसनमा कारोबारमा आएका ६२ कम्पनीको मूल्य बढेको छ भने २५ कम्पनीको मूल्यमा करेक्सन आएको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।यो सेसनमा विशेषगरी हाइड्रो, इन्स्योरेन्सलगायत क्षेत्रका कम्पनीको किनबेच भयो ।

    सूचकसँगै यो सेसनमा कारोबार रकम पनि उत्साहपूर्ण बृद्धि भएको छ । ३० हजार ९४३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ करोड ६० लाख ४३ हजार रुपैयाँमाथिको भयो ।कारोबार रकमका आधारमा रिलायबल इन्स्योरेन्स, हिमालय डिष्ट्रिलरी, कुमारी बैंक, हिमालयन बैंकलगायत शीर्ष स्थानमा रहे ।

    images
    images

    यसअघि लगातार बृद्धिका बिच साताको पहिलो कारोबार दिन आइतबार ७५.२४ अंकले सेयर बजार बढेको थियो । आइतबार कारोबार रकम पनि १४ अर्बमाथि भएको थियो ।

    सोमबारको प्रिओपन सेसनको कारोबारले बजारमा थप उत्साहको अवस्था बनेको संकेत गरेको छ । सोमबार पनि आइतबारकै शैलीमा बजार बढ्नसक्ने सम्भावनालाई दर्शाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend