images

२०८३ आश्विन १९ गते

images
images
images

दाङको टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन

दाङको टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • तुलसीपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    images
    images

    मन्त्रालयले थप ९९ करोड रुपैयाँ बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको जानकारी प्राप्त भएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताईन् ।विसं २०११ मा स्थापना भएको उक्त विमानस्थल हाल ७५० मिटर लम्बाइको छ ।

    यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिटे जहाज अवतरण सक्नेछ । तर अहिले १९ सिटे जहाज मात्रै बस्न सक्छन् ।साना जहाजले उल्लेख्य रुपमा फाइदा लिन नसकेपछि ती जहाज पनि आउन छोडेको जनाउँदै बजेट ल्याएर काम सुरु गर्ने गरी तयारी गरिएको उपप्रमुख चौधरीले बताईन् । उक्त विमानस्थलको केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकनसमेत गरेका थिए ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend