images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • काठमाडौं महानगरको शैक्षिक मेला सम्पन्न, ...

काठमाडौं महानगरको शैक्षिक मेला सम्पन्न, नमुना संसदको अभ्यासदेखि लाइभ आर्ट र ड्रोनसम्म

काठमाडौं महानगरको शैक्षिक मेला सम्पन्न, नमुना संसदको अभ्यासदेखि लाइभ आर्ट र ड्रोनसम्म

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘शैक्षिक मेला २०८१’ सम्पन्न भएको छ । राष्ट्रिय सभागृहमा सञ्चालन भएको दुई दिने, शैक्षिक मेला शनिबार सफलतापूर्वक सम्पन्न भएको हो ।

    images
    images

    महानगरपालिकाले विद्यालयहरूमा शैक्षिक सुधारका कार्यक्रमहरूबाट विद्यार्थीहरूमा परेको प्रभाव, उनीहरुले सिकेका ज्ञान र सिपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरेकाे थियो । मेलामा विभिन्न सामुदायिक स्कुलका विद्यार्थीहरुले नेपाली भाषामा स्वागत मन्तव्य, योगा, पाक कला, फेसन डिजाइनिङ, व्युटिसियन, संसदको अभ्यास जस्ता विधामा सिकेका सिपलाई प्रस्तुत गरेका थिए ।

    शैक्षिक मेलामा विद्यार्थीहरुले निर्माण गरेका विभिन्न प्रोजेक्टहरु आकर्षणको केन्द्रमा रहे । ज्ञानोदय माध्यमिक विद्यालयका विद्यार्थीले बनाएको महानगर प्रमुख बालेन शाहको पेन्टिङले सबैको ध्यान खिचेको थियो ।त्यस्तै, विद्यार्थीहरुले प्रस्तुत गरेका संसदको नमुना अभ्यास पनि तारिफ गर्न योग्य थियो । पद्मोदया विद्यालयका विद्यार्थीले बनाएको एलेक्ट्रोनिक बेल र उनीहरुले सिकेका ड्रोनसम्बन्धी ज्ञान पनि मुख्य आकर्षणमा रह्यो ।

    images
    images

    कक्षा ४ र ५ का विद्यार्थीले सिकेका बाद्यबाधन र गीत-संगित पनि उस्तै मनमोहक थियो । विद्यार्थीहरुले ३५ वटा स्टलमा आफ्नो कलालाई प्रस्तुत गरेका थिए । उक्त स्टलहरुमा कलिनरी आर्ट, मोवाइल एण्ड एलेक्ट्रोनिक्स, ब्युटिसियन एण्ड हेयर स्टाइल, बाद्यबाधन, ड्रोन, आर्ट एण्ड स्केचहरु प्रदर्शनीमा राखेका थिए ।

    यस्तै, नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक वादन तथा गायन प्रस्तुति समावेश गरिएको थियो । विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, बुक फ्री फ्राइडेको बावा उपसमूहअन्तर्गत संस्कृति इन्टरनेशनल र शान्ति निकुञ्जका विद्यार्थीले अध्ययन गरेका मरुहिटी पानीको गुण जाँच तथा सफाइको प्रविधि, टेक्नोलाजी बाट सिकाइ प्रदर्शनीमा अवलोकनका लागि राखिएको थियो ।विद्यार्थीले प्रत्यक्ष काेरेका बुद्ध, नगर प्रमुख बालेन शाह, प्रकृति झल्काउने, नेपाली संस्कृति झल्काउने हजार बढी स्केचिङको प्रदर्शनी रहेको थियो । विद्यार्थीहरु मुख्य भूमिकामा रहेको मेलामा उनीहरुको कला र सिप मुख्य प्राथमिकताका रहेको थियो ।

    मेलामा सहभागी हुन पाउँदा नयाँ कुरा सिक्न पाएको र एक अर्काबीच अनुभव आदान प्रदान गर्न पाएको विद्यार्थीहरुले बताए । त्यस्तै, उनीहरु महानगरले प्रदान गरेको सिपमुलक सिप विद्यार्थी जिवनमा निकै उपयोगी भएको भन्दै उत्साहित देखिन्थे ।मेलामा संस्कृति इन्टरनेशनल स्कुलले महानगरसँग सहकार्य गरेको थियो । मेलामा संस्कृती स्कुलका विद्यार्थीले दुई वटा स्टल राखेका थिए । उनीहरुले स्मार्ट सिटी डिजाइन र थ्रिडी प्रिन्टरलाई प्रदर्शनीमा राखेका थिए । यस मेलाले शिक्षक र विद्यार्थीहरुसँग एक अर्काबीच विचार, ज्ञान सातासा गर्ने सुवर्ण अवसरको रुपमा स्थापीत भएको संस्कृति इन्टरनेशनल स्कुलको प्रिन्सिपल तिमीला श्रेष्ठले बताइन् । उनले भनिन्, ‘बुक फ्रि-फ्राइडे कार्यक्रममा स्कुलले महानगरसँग सहकार्य गरिरहेको र आगामी दिनमा सरकारसँग पनि सहकार्य गरि अगाडि बढ्ने लक्ष्य रहेको छ ।’

    रानीदेवि सेकेन्डरी स्कुलका प्रधानाध्यापक नारायणप्रसाद गौतमले भने, ‘सामुदायिक विद्यालयबाट थालिएको शैक्षिक सुधारका कार्यक्रमले विद्यार्थीहरुलाई आत्मनिर्भर बन्न प्रेरित गरेको छ ।’यसैगरी दरबार हाईस्कुलको प्रधानाध्यापक शारदा पौडेलले भनिन्, ‘महानगरले सञ्चालन गरेको बुक फ्रि फ्राइडेमा सिकेको सिपले विद्यार्थी पकेट खर्च जुटाउन र आर्थिक रुपमा आत्मनिर्भ र कसरी बन्ने कुरा सिकाएको छ ।’

    शैक्षिक सत्रको अन्त्यमा सैद्धान्तिक विषयको लिखित परीक्षा भएजस्तै व्यवहारिक र प्रयोगात्मक कक्षाहरूको नतिजा मापनका लागि शैक्षिक मेला आयोजना गरिएको महानगरले जनाएको छ ।बुक फ्री-फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शनमा राखिएका थिए । जसको शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनाहरुले समेत अवलोकन गरेका छन् ।

    मेलामा सामुदायिक विद्यालयलाई मात्र समेट्दै आएकामा यस पटक संस्थागत विद्यालयलाई पनि जोडिएका छन् ।मेलामा अर्काे आकर्षकको विषय सामुदायिक विद्यालयहरूले उपलब्ध गराउँदै आएको ३० रुपैयाँको दिवा खाजा पनि रह्यो । १० वटा स्टलबाट सबै प्रकारका ३० रुपैयाँमा खाजा उपलब्ध गराइएको थियो ।मेलामा विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल भएको थियो । बुक फ्री-फ्राइडेको बावा क्लव (बालबालिका वातावरण)को उपसमूहअन्तर्गत मरुहिटी पानीको गुण जाँच अध्ययनको प्रदर्शनीमा रहेको थियो ।

    त्यस्तै, विद्यार्थीले प्रत्यक्ष कोरेका स्केचिङको पनि अवलोकन कर्ताले अवलोकन गरेका थिए ।कार्यक्रमलाई तीन चरणमा विभाजन गरिएको थियाे । तीन चरणमध्ये एकेडेमिक फेस्ट पहिलाे चरणको कार्यक्रम हो । दोस्रो चरणमा चालु शैक्षिक सत्रको अन्तिम बुक फ्री फ्राइडेका दिन (२०८१ फागुन २३ गते) साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने रहेको छ ।

    त्यसैगरी तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नवीनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच अन्तक्रिया आयोजना भएकाे थियाे । महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालयमा छन् । ति सबै विद्यालयमा महानगरले बुक फ्री फ्राइडेको कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरण कक्षा ४ देखि ८ सम्म सञ्चालन भएको उक्त कार्यक्रम अहिले कक्षा ९ र १० मा पनि लागू गरेको छ ।ति कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले हरेक शुक्रबार सिप सिक्ने गरेका छन् । उक्त सिप कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरुले प्रशिक्षणमा आमधारीत सिप ७५ घण्टाको रहेको छ भने परियोजनामा आधारित २५ घण्टा समयावधिको रहेको छ ।

    सामुदायिक विद्यालयमा हाल ६१ हजार ३२९ जना विद्यार्थी अध्ययननरत रहेका छनन् । काठमाडौं महानगर भित्र ५२४ वटा संस्थागत विद्यालय छन् । जहाँ २ लाख १० हजार ९३४ जना गरी २ लाख ७२ हजार २६३ जना विद्यार्थी अध्ययनरत छन् ।पछिल्लो समय महानगरले बुक फ्रि-फ्राइडे कार्यक्रममा संस्थागत विद्यालयसँग पनि सहकार्यको थालनी गरेको छ ।

    काठमाडौं महानगरले ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम कार्यान्वयनमा छ । यसै कार्यक्रम अन्तर्गत महानगरले सामुदायिक विद्यालयमा जिनवन उपयोगी शिक्षा प्रदान गर्ने उदेश्यले बुक फ्रि-फ्राइडे अन्तर्गत विद्यार्थीलाई सिप मुलम तालिम सिकाइरहेको छ । यस मेलाको मुख्य उदेश्य भनेको महानगरले सञ्चालन गरेको सिपमुलम कार्यक्रमको प्राभावकारीता, विद्यार्थीले वर्षभरीमा सिकेका सिपको परिक्षण र मूल्यांकन गर्नु हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend