images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • रहर दाल प्रतिकिलो १० रूपैयाँले घट्यो...

रहर दाल प्रतिकिलो १० रूपैयाँले घट्यो , अरू दालको कति छ मूल्य?

रहर दाल प्रतिकिलो १० रूपैयाँले घट्यो , अरू दालको कति छ मूल्य?

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । बजारमा रहर दालको मूल्य घटेको छ। नेपाल खुद्रा व्यवसायी संघले उपलब्ध गराएको तथ्यांकले यस्तो देखाएको हो।संघले प्रत्येक महिनाको १ गते र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्छ।

    images
    images

    १५ दिन अघिको तुलनामा रहरदाल प्रतिकिलो १० रूपैयाँले घटेको छ। फागुन १ गते बजारमा रहर दाल प्रतिकिलो एक सय ६० रूपैयाँ थियो। फागुन १५ गतेको तथ्यांक अनुसार रहर दाल एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

    त्यस्तै, मासको दाल पनि प्रतिकिलो पाँच रूपैयाँले घटेको छ। १५ दिनअघि प्रतिकिलो दुई सय पाँच रूपैयाँमा कारोबार भएको मासको दाल अहिले दुई सय रूपैयाँमा कारोबार भएको छ। मुसुर दालको मूल्य पनि घटेको छ। बजारमा मुसुर दाल एक नम्बर र दुई नम्बर गरी दुई प्रकारको आउँछ। 

    images
    images

    १५ दिन अघि ती दाल क्रमशः प्रतिकिलो एक सय ७० र एक सय ६० रूपैयाँमा कारोबार भएकोमा अहिले एक सय ६५ र एक सय ५० रूपैयाँमा कारोबार भएको छ। त्यस्तै, गेडा मुंग, छाटा मुंग र चनाको दालको मूल्य भने स्थिर छ। अहिले बजारमा गेडा मुंग प्रतिकिलो एक सय ७०, छाटा मुंग र चनाको दाल प्रतिकिलो एक सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। दालको स्वदेशी उत्पादन नगन्य मात्रामा छ। भारत लगायत अन्य मुलुकबाट दाल आयात गरिँदै आएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend