images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • आजदेखि एभरेष्ट बैंकको ऋणपत्र निष्कासन, कति...

आजदेखि एभरेष्ट बैंकको ऋणपत्र निष्कासन, कति पाईन्छ ब्याज ?

आजदेखि एभरेष्ट बैंकको ऋणपत्र निष्कासन, कति पाईन्छ ब्याज ?

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । एभरेष्ट बैंकले आजदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । १० वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०९१’ निष्कासन गरेको हो ।

    images
    images

    बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो । ३० लाख इकाईमध्ये १८ इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ ।

    बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि रहेको छ । यसमध्ये ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि रहेको छ ।ऋणपत्रको वार्षिक ब्याजदर ७.५० प्रतिशत दिने छ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । यसमा फागुन २१ गतेसम्म आवेदन दिन सकिने छ ।

    images
    images

    उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत ३ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम २५ देखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend