images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन खुल्यो, प्रतिकित्ता...

स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन खुल्यो, प्रतिकित्ता १ सय रुपैयाँ

स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन खुल्यो, प्रतिकित्ता १ सय रुपैयाँ

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आज फागुन १८ गतेदेखि बिक्रीमा आएको छ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गरेको हो ।

    images
    images

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । लघुवित्तको एफपीओमा आजदेखि फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यो एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

    सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । एफपीओबाट प्राप्त १ करोड ९५ लाख ७७ हजार रुपैयाँ विपन्न वर्गलाई कर्जा प्रवाह गर्न प्रयोग हुने कम्पनीले जनाएको छ । 

    images
    images

    ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित कम्पनी हो । यसको केन्द्रीय कार्यालय बनेपा नगरपालिका ५ काभ्रेपलाञ्चोकमा रहेको छ । हाल यस लघुवित्तले ३६ जिल्लाहरुमा ९१ वटा शाखा कार्यालयहरु मार्फत आफ्नो लघुवित्त कार्यक्रम संचालन गर्दै आएको छ ।

    यस स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले साविक जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त गरे पश्चात् हाल चुक्ता पुँजी ६७ करोड ११ लाख रहेको छ ।  । जसको अधिकृत पुँजी ८० करोड, जारी पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ रहेको छ ।एफपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात् ६९ करोड ६ लाख ८२ हजार रुपैयाँ नै पुग्नेछ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ५२.७२ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको हिस्सा ४७.२८ प्रतिशत रहनेछ । 

    क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘इक्रा इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend