images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • सामुदायिक विद्यालयले विद्यार्थीहरू सँग शुल्क असुली...

सामुदायिक विद्यालयले विद्यार्थीहरू सँग शुल्क असुली गरेको भन्दै अभिभावकको विरोध

सामुदायिक विद्यालयले विद्यार्थीहरू सँग शुल्क असुली गरेको भन्दै अभिभावकको विरोध

images
images
शनिवार, फाल्गुण १७ २०८१
शनिवार, फाल्गुण १७ २०८१
  • रुपन्देही । सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए पनि रुपन्देहीको एक सामुदायिक विद्यालयले विद्यार्थीहरू सँग शुल्क असुली गरेको भन्दै अभिभावकले विरोध गरेका छन् ।

    images
    images

    सम्मरीमाई गाउँपालिका–७ स्थित कृषक आदर्श माध्यमिक विद्यालय, बेतकुइयाँले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरू सँग आन्तरिक मूल्याङ्कनको बहानामा शुल्क असुली गरेको अभिभावक विजय मिश्रको आरोप छ । शैक्षिक सत्र विसं २०८१ को अन्तिम परीक्षा अवधिमा प्रतिविषय रु ३० का दरले शुल्क उठाई शिक्षकहरूले आफू खुसी व्यक्तिगत रूपमा बाँडफाँट गरेको अभिभावकले बताए ।

    विद्यालयका प्रधानाध्यापक उमाकान्त अर्यालले पनि उक्त रकम विद्यार्थीहरूको शैक्षिक सुधार तथा आन्तरिक मूल्याङ्कनमा खटिने शिक्षकहरूका लागि लिइएको स्वीकार गरे । गाउँपालिका शिक्षा शाखा प्रमुख रामदास गौंड र शिक्षा विकास तथा समन्वय इकाइ, रूपन्देहीका प्रमुख माधव बन्जाडेले सार्वजनिक विद्यालयका विद्यार्थीहरूबाट त्यस्ता कुनै शुल्क लिनु र व्यक्तिगत रूपमा बाँडफाँट गर्नु गैरकानुनी भएको भन्दै लिइसकेको शुल्क फिर्ता गर्न निर्देशन गरिएको जानकारी पनि दिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend