images

२०८३ आश्विन २४ गते

images
images
images

गत आर्थिक वर्ष पर्सामा पुँजीगत बजेटमध्ये ७३ प्रतिशत खर्च

गत आर्थिक वर्ष पर्सामा पुँजीगत बजेटमध्ये ७३ प्रतिशत खर्च

images
images
अर्थ समाचार
मंगलवार, श्रावण ८ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण ८ २०८१
  • काठमाडौँ- सङ्घीय सरकारमातहत रहेका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ८६ करोड ८६ लाख ९९ हजार दुई सय १७ रकम पुँजीगत खर्च गरेका छन् । 

    images
    images

    कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार पर्सामा रहेका ५१ कार्यालयले गत आवमा कुल पुँजीगत बजेटमध्ये ७३ दशमलव ५० प्रतिशत खर्च गरेका छन् । पर्सा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक यज्ञराज उप्रेतीले गत आवको असारमा मात्र सङ्घीय सरकार मातहतका ५१ कार्यालयले रु ४२ करोड ९८ लाख ७१ हजार एक सय ७० पुँजी खर्च गरेको बताउनुभयो ।

    “पर्साका सरकारी कार्यालयको समग्रमा पुँजीगत खर्च सन्तोषजनक नै देखिन्छ”, उहाँले भन्नुभयो । ती कार्यालयका लागि गत आवमा चालु खर्चतर्फ रु १० अर्ब ५९ करोड ४५ लाख ५० हजार तीन सय ६१ बजेट विनियोजन गरेको थियो ।

    images
    images

     
    गत आवमा चालुतर्फ विनियोजित रकममध्ये ९५ दशमलव ४५ प्र्रतिशत अर्थात् रु १० अर्ब १२ करोड १६ लाख ६९ हजार चार सय ८६ खर्च भएको छ । कार्यालयका अनुसार गत आवको असारमा मात्र यहाँका सरकारी कार्यालयले चालु खर्चतर्फ रु एक अर्ब ३० करोड छ लाख दुई हजार सात सय आठ खर्च गरेका छन् ।एकाउन्न सरकारी कार्यालयले गत आवमा पुँजीगत र चालुतर्फ दुवै गरेर रु ११ अर्ब ९९ करोड तीन लाख ६८ हजार सात सय तीन खर्च गरेका छन् । आव २०७९/८० मा पर्साका सरकारी कार्यालयका लागि रु   १४ अर्ब १५ करोड ३७ लाख आठ हजार तीन सय ८७ खर्च भएको थियो । जसमध्ये चालु खर्चतर्फ रु १० अर्ब ५८ करोड ५३ लाख ३४ हजार एक सय ६८ खर्च भयो । आव २०७९/८० मा सरकारी कार्यालयले पुँजीगततर्फ रु तीन अर्ब ५६ करोड ८३ लाख ७४ हजार दुई सय १९ खर्च गरेका थिए ।

    प्रमुख कोष नियन्त्रक उप्रेतीले जिल्ला सरकारी कार्यालयले गत आव २०८०/८१ मा रु दुई खर्ब सात अर्ब १२ करोड ९३ लाख ९५ हजार छ सय २५ रकम राजस्व सङ्कलन गर्न सफल भएको बताउनुभयो । “पर्सा जिल्लाका सरकारी कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु छ अर्बभन्दा धेरै राजस्व सङ्कलन गरेका छन्”, उहाँले भन्नुभयो । कार्यालयले आव २०७९र८० मा दुई खर्ब एक अर्ब ३९ करोड ८१ लाख १० हजार आठ सय ४२ राजस्व सङ्कलन गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend