images

२०८३ आश्विन २४ गते

images
images
images

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

images
images
शनिवार, फाल्गुण १७ २०८१
शनिवार, फाल्गुण १७ २०८१
  • यस साता पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएर उचाइमा पुग्यो । सुनको मूल्यमा यस साता नयाँ रेकर्ड कायम भएको हो।

    images
    images

    साताको तेश्रो दिन, मंगलबार हाल सम्मकै उच्च मूल्य पुगेर तोलाको एक लाख ७१ हजार ३०० रूपैयाँ पुगेर ऐतिहासिक रेकर्ड बनाएको हो । साताको अन्तिम सम्म आइपुग्दा भने सुनको मूल्य विभिन्न उतारचढावका बीच घट्यो।

    सोमबार सुन प्रतितोला एक लाख ७० हजार ८०० रूपैयाँ हुँदै मंगलबार एक लाख ७१ हजार ३०० रूपैयाँ पुग्यो। तर, बुधबार भने सुन सस्तिएर एक लाख ७० हजार ५०० रूपैयाँ र बिहीबार थप गिरावट भएर एक लाख ७० हजार ३०० रूपैयाँमा झर्यो । शुक्रबार भने सुन तोलाको एक लाख ६८ हजार १०० रूपैयाँमा कारोबार भयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मुल्य साताको पहिलो दिनको तुलनामा २ हजार २०० रूपैयाँ कम हो ।

    images
    images

    अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि यो साताको अन्तिममा सुनको मुल्य घटेको हो ।

    छोटो समयमै लगानीकर्ताले नाफा सुरक्षित गर्दा दवावले अन्तरराष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मुल्यमा गिरावट भएको विश्लेषकहरूको भनाई छ ।

    यस साता नेपाली बजारमा चाँदीको मुल्य पनि घटेको छ । साताको पहिलो दिन, आइतबार तोलामा एक हजार ९७० रूपैयाँ रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला एक हजार ९१५ रूपैयाँ कायम भयो । यसरी, साताभरमा चाँदी तोलामा ५५ रूपैयाँले घटेको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend