images

२०८३ आश्विन २४ गते

images
images
images

पूर्वीनाका काँकडभिट्टाबाट १५ अर्बको चिया, अलैची ,अदुवा र अम्रिसो भारत निर्यात

पूर्वीनाका काँकडभिट्टाबाट १५ अर्बको चिया, अलैची ,अदुवा र अम्रिसो भारत निर्यात

images
images
अर्थ समाचार
मंगलवार, श्रावण ८ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण ८ २०८१
  • पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार  बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ ।

    images
    images

    आर्थिक  वर्ष २०८०/८१ मा  काँकडभिट्टाबाट ६ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए । नाकाबाट सबैभन्दा धेरै अलैची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ । सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ । 

    आर्थिक वर्ष २०८०/०८१ मा यही नाका भएर ६ अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैची भारत निर्यात भएको छ । सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा एक अर्ब २४ करोड आठ लाख ५० हजार मूल्य बराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ ।

    images
    images

    पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषिवस्तुमध्ये एक हो । आव २०८०/८१ मा काँकडभिट्टाबाट ५८ करोड चार लाख तीन हजारको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend