images

२०८३ आश्विन २९ गते

images
images
images

फागुन १६ गते बैंकिङ प्रणालीबाट एकै दिन बाहिरियो २० अर्ब

फागुन १६ गते बैंकिङ प्रणालीबाट एकै दिन बाहिरियो २० अर्ब

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौं । बैंकिङ प्रणालीबाट एकै दिन २० अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन १६ गते एकै दिन बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बाहिरिएको हो ।

    images
    images

    योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६७ खर्ब २० अर्ब रुपैयाँमा झरेको छ । अघिल्लो दिनसम्म कुल निक्षेप ६७ खर्ब ४० अर्ब रुपैयाँ थियो। तथ्यांक उक्त २० अर्ब रुपैयाँ वाणिज्य बैंकहरुबाट बाहिरिएको हो। फागुन ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ६० खर्ब १३ अर्ब रुपैयाँ रहेकोमा फागुन १२ गते घटेर ५९ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ।

    फागुन १२ मा बैंक तथा वित्तीय संस्थाबाट थप २ अर्ब रुपैयाँ कर्जा लगानी विस्तार भएको छ। यो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५४ खर्ब ४१ अर्ब रुपैयाँ थियो।

    images
    images

    फागुन १२ गते बैंकहरुको औसत सीडी रेसियो ७९.६९ प्रतिशत रहेको छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend