images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • भारतमा भेटियो महामारी ल्याउन सक्ने...

भारतमा भेटियो महामारी ल्याउन सक्ने निपाह भाइरस ,यस्ता छन लक्षण

भारतमा भेटियो महामारी ल्याउन सक्ने निपाह भाइरस ,यस्ता छन लक्षण

images
images
अर्थ समाचार
मंगलवार, श्रावण ८ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण ८ २०८१
  • काठमाडौं -भारतको केरला राज्यमा निपाह भाइरस देखिएपछि उच्च सर्तकता जारी गरिएको छ । भाइरसका कारण १४ वर्षीय बालकको मृत्यु भएपछि स्वास्थ्य अधिकारीहरूले त्यहाँ अलर्ट जारी गरेका हुन् ।

    images
    images

    स्थानीय सरकारले मानिसहरूलाई सार्वजनिक क्षेत्रमा मास्क लगाउन र अस्पतालमा मानिसहरूलाई भेट्न नजान अनुरोध गरेको छ । अस्पताल जानै परे उच्च सावधानी अपनाउन भनिएको छ ।

    त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार थप ६० जनामा भाइरसको जोखिम उच्च देखिएको छ । केरलाको स्वास्थ्य मन्त्री वीणा जर्जले मृतक बालकको सम्पर्कमा आएकाहरूलाई अलग्गै राखेर परीक्षण गरिएको जानकारी दिए ।

    images
    images

    विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले निपाह भाइरस सङ्क्रमण सुँगुर र चमेरा जस्ता जनावरबाट मानिसमा सर्ने ‘जुनोटिक रोग’ भएको जनाएको छ । डब्ल्यूएचओले यो रोगले महामारी हुनसक्ने भन्दै उच्च सतर्कताका लागि सबैलाई अनुरोध गरेको छ ।

    निपाह भाइरस संक्रमण भएपछि मानिसमा ज्वरो आउने , टाउको दुख्ने, मांसपेशी दुख्ने, बान्ता हुने र घाँटीको दुखाइ जस्ता लक्षण देखिने स्वास्थ्यकर्मीहरुले बताएका छन् । त्यस्तै कसैलाई भने रिँगटा लाग्ने र निद्रा लागिरहने जस्ता लक्षण पनि देखिन सक्छ ।

    यो भाइरस संक्रमित हुँदा कुनै कुनै अवस्थामा लक्षण नै नदेखिएपनि श्वासप्रश्वास सम्बनधी समस्याहरू हुनसक्ने डब्ल्यूएचओले जनाएको छ । निपाह सङ्क्रमणले मस्तिष्कलाई समेत असर गर्ने तथ्यहरु भेटिएका छन् ।

    उपचारको लागि कुनै औषधि वा भ्याक्सिन उपलब्ध नभएकाले भाइरस सङ्क्रमणबाट जोगिनुनै उत्तम उपाय देखिनछ ।

    यो भाइरस दूषित खानाबाट र सङ्क्रमित व्यक्तिको सम्पर्कबाट सर्ने भएकाले भौतिक दूरी कायम गर्नु नै बच्ने मुख्य उपाय हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend