images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • न्यून भिजिबिलिटि हुँदा पोखरा र भरतपुर...

न्यून भिजिबिलिटि हुँदा पोखरा र भरतपुर अझै खुलेन, तुम्लिङटारको उडान रद्द

न्यून भिजिबिलिटि हुँदा पोखरा र भरतपुर अझै खुलेन, तुम्लिङटारको उडान रद्द

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौं । शुक्रबार बिहैनैदेखि मौसममा आएको परिवर्तनले हवाई उडानको लागि पर्याप्त भिजिबिलिटि पुग्न सकेको छैन् । काठमाडौैंबाट बाहिरिने आन्तरिक उडानका लागि न्यून भिजिबिलिटि हुँदा उडान प्रभावित भएको छ ।

    images
    images

    काठमाडौं विमानस्थलको न्यून भिजिलिटिका कारण बाहिरि जिल्लामा जाने उडान प्रभावित भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत आन्तरिक टर्मिनल विभागले जानकारी दिएको छ ।

    आन्तरिक टर्मिनलले दिएको जानकारी अनुसार विहान ११ बजेसम्म १६ सय मिटर मात्रै भिजिबिलिटी काठमाडौं विमानस्थलको छ । उक्त भिजिलिटिका कारण उडान हुन नसक्दा काठमाडौंबाट पोखरा, भरतपुर र तुम्लिङटारको उडान हुन सकेको छैन् ।

    images
    images

    पोखरा र भरतपुरको उडान अझै वेटिङमा छ भने तुम्लिङटारको उडान रद्द भइसकेको बुध्द एयरले जानकारी दिएको छ । काठमाडौंबाट संखुवासभावको तुम्लिङटारमा दैनिक एउटा उडान रहेको यो वायुसेवाले न्यून भिजिबिलिटीका कारण उडान हुन नसकेको भन्दै रद्द गरिसकेको छ ।

    यस अघि दुई साता भन्दा लामो समय उडान हुन नसकेको तुम्लिङटारमा १३ फागुनदेखि मात्रै उडान हुन थालेको थियो । यो विमानस्थलमा हुने उडानको लागि पुनः मौसम बिग्रिएपछि उडान रद्द गर्नुपरेको बुध्द एयरले जानकारी दिएको छ । काठमाडौंबाट तुम्लिङटार आन्तरिक वायुसेवामा बुद्ध एयरले मात्रै उडान गर्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend