images

२०८३ आश्विन २४ गते

images
images
images

भन्सार विभागका अनुसार  गत आर्थिक वर्षमा २३ अर्ब बराबरको सुन आयात

भन्सार विभागका अनुसार  गत आर्थिक वर्षमा २३ अर्ब बराबरको सुन आयात

images
images
अर्थ समाचार
मंगलवार, श्रावण ८ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण ८ २०८१
  • काठमाडौं- गत आर्थिक वर्ष २०८०/८१ मा २ हजार ६५१ किलो सुन आयात भएको छ ।

    images
    images


    भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार  कुल २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ बराबरको सुन आयात भएको हो ।


    गत आर्थिक वर्ष आयात भएको सुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा परिमाण कम हो भने रकम बढी हो । अघिल्लो आर्थिक वर्षमा २ हजार ९१६ किलो सुन आयात भएको थियो । सो वर्ष २२ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ बराबरको सुन आयात भएको विभागको तथ्यांक छ ।

    images
    images


    सुनको मूल्य बढेकाले गत आर्थिक वर्ष परिमाणमा कम आयात हुँदा पनि खरिदमा बाहिरिएको रकम बढी हुन गएको हो ।

    सोमबार तय भएको खुद्रा मूल्यअनुसार नेपाली बजारमा सुन प्रति १० ग्रामको भाउ १ लाख २५ हजार ४३० रुपैयाँ छ । वाणिज्य बैंकहरुले सुन आयात गरी बिक्रेतालाई बिक्री गर्दछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend