images

२०८३ आश्विन १९ गते

images
images
images

'लाज शरणम्' मा दयाहाङ राई र बुद्धि तामाङ पनि!

'लाज शरणम्' मा दयाहाङ राई र बुद्धि तामाङ पनि!

images
images
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौं । दर्शकमाझ चर्चित हास्य टेलिसिरियल 'सक्किगोनि' को टिमले बनाएको फिल्म 'लाज शरणम्' बुधबारदेखि देशभरका हलमा प्रदर्शनरत छ। 

    images
    images

    कुमार कट्टेल (जिग्री) को निर्देशनमा तयार फिल्ममा 'सक्किगोनि' का धेरैजसो कलाकारहरू छन्। 

    त्यस्तै, सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी लगायत कलाकारहरूले यसमा शीर्ष भूमिकामा अभिनय गरेका छन्। 

    images
    images

    यो फिल्ममा अभिनेता दयाहाङ राई र बुद्धि तामाङ केमियो भूमिकामा छन्। यसबारे निर्माताले भने जानकारी दिएका थिएनन्। हलमा फिल्म हेर्न जाने दर्शकले दयाहाङ र बुद्धिको विशेष भूमिका देख्न पाउनेछन्। 

    फिल्ममा 'सक्किगोनि' बाट सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य लगायतको अभिनय छ।

    अर्जुन फिल्ममा पनि पाँडेकै गेटअपमा छन्। त्यस्तै, कुमार कट्टेल (जिग्री) लाई पनि फिल्ममा विशेष भूमिकामा देख्न सकिन्छ। उनको भूमिकालाई सस्पेन्स तरिकाले प्रस्तुत गरिएको छ। 

    जेपीटी क्रियशनको प्रस्तुति रहेको 'लाज शरणम्' का निर्माता नविन श्रेष्ठ हुन्।

    सह–निर्मातामा सिर्जना खड्का र राम नरेश शाह तथा कार्यकारी निर्मातामा अर्जुन घिमिरे (पाँडे) छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend