images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • मुसहर समुदाय लक्षित निःशुल्क बाल कक्षा...

मुसहर समुदाय लक्षित निःशुल्क बाल कक्षा सञ्चालन

मुसहर समुदाय लक्षित निःशुल्क बाल कक्षा सञ्चालन

images
images
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • शम्भुनाथ (सप्तरी)। पछिल्लो समय अति पिछडिएको हरवाचरवा मुसहर समुदायका बालकालिकाको शिक्षाप्रतिको आकर्षण बढ्दै गएको छ । केही बर्षअघि सम्म अत्यन्त न्यून सङ्ख्यामा मात्र मुसहर बालबालिकाहरु विद्यालय जाने गरेकोमा पछिल्लो समय ती समुदायबाट विद्यालय जाने बालबालिकाको सङ्ख्या उत्साहजनक रुपमा बढ्दै गएको पाइएको छ ।पढ्ने उमेर भए पनि सप्तरीको शम्भुनाथ नगरपालिका–१० रामपुर जमुवास्थित मुसहर बस्तीका ९ वर्षीय आकाश सदा विद्यालय जाँदैनथे ।

    images
    images

    घरदेखि करिब पाँच सय मिटरकै दूरीमा विद्यालय भए पनि विद्यालय नगई घरमै खेलेर उनीको समय बित्दथ्यो । तर अहिले उनी बिहान हुने बित्तिकै झोलामा कपीकिताब बोकेर पढ्न विद्यालय जान थालेका छन् । आमाबुबाले स्थानीय साहुको घरखेतमा काम गर्न जाँदा उनीहरुसँगै साहुमहाजनको गाईगोरु चराउने गरेको सोही ठाउँका १० वर्षीय पारस सदाको पनि अहिले दिनचर्या फेरिएको छ । उनी पनि अहिले घर नजिकै रहेको श्री जनता माध्यमिक विद्यालय रामपुर जमुवा जान थालेका छन् ।

    यसरी आकाश र पारस मात्र होइन, हरवाचरवा र मुसहर समुदायको उल्लेख्य बसोबास रहेको सप्तरीको शम्भुनाथ नगरपालिका–१० रामपुर जमुवा र वडा नम्बर १ खोक्सर प्रवाहास्थित मुसहर बालबालिकाहरु पछिल्लो समय नियमित विद्यालय जान थालेका छन् ।सो नगरपालिकाका हरवाचरवा परिवारका बालबालिकालाई लक्षित शैक्षिक अभियानअन्तर्गत निःशुल्क बाल ट्युसन कक्षा सञ्चालन गरेपछि विद्यालय जाने दलित बालबालिकाको सङ्ख्या बढ्दै गएको हो ।

    images
    images

    विगत तीन वर्षदेखि ती वडाहरुबाट हरवाचरवा र मुसहर समुदायका विद्यालय जाने बालबालिकाको सङ्ख्या जम्मा १२ रहेको जनाइएको छ । जनचेतना अभियान, अभिभावक भेला तथा निःशुल्क बाल कक्षा सञ्चालनमा ल्याएपछि अहिले विद्यालय जाने विद्यार्थीको सङ्ख्या तीन सयभन्दा बढी पुगेको हरवाचरवा शम्भुनाथ नगर बाल क्लबका अर्जुन सदा बताउँछन् ।

    “पहिला पहिला हरवाचरवा मुसहर परिवारका बालबालिका पढाइभन्दा खेलकुदमै दिन बिताउने गरेका थिए, तर गाउँमै निःशुल्क बाल कक्षा सञ्चालनमा आएपछि विस्तारै पढाइलेखाइप्रति बालबालिकाहरु आकर्षित हुन थालेका छन्, उनले भने, “केही वर्षअघिसम्म विद्यालयमा हरवाचरवा मुसहर परिवारका बालबालिका न्यून सङ्ख्यामा मात्र भेट्थ्यो, अहिले विस्तारै विद्यालय जानेको सङ्ख्या बढ्न थालेको छ ।”

    केही वर्षअघिसम्म हरवाचरवा परिवारमा शिक्षाको महत्व थाहा नभएर होला एक त हरवाचरवा परिवाका बालबालिका विद्यालय जान रुचाइरहेका थिएन, भने अभिभावकहरु पनि विद्यार्थीलाई विद्यालय पठाउन चाहिरहेको थिएन्, रामपुर जमुवामा सञ्चालित निःशुल्क ट्युसन कक्षाका शिक्षक पुनित चौधरीले भने, “तर अहिले मुसहर परिवारको बालबालिका पनि विद्यालय जान थालेका छन् भने अभिभावमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको छ ।”

    हरवाचरवा परिवारमा शिक्षाको अवस्था अत्यन्तै नाजुक देखिएपछि संस्थाले शम्भुनाथ नगरपालिकाको विभिन्न वडामा सञ्चालन गरेको निःशुल्क बाल शिक्षा कार्यक्रममा अहिले हरवाचरवा र मुसहर समुदायका तीन सयभन्दा बढी हरवा चरवा बालबालिका नियमित रुपमा अध्ययन गर्नका लागि आउने गरेको श्रीपुर्राज सामुदायिक केन्द्रका प्रमुख व्यवस्थापक लिडर विनोदानन्द चौधरीले बताए ।

    तीमध्ये करिब दुई सय जना बालबालिकालाई विभिन्न विद्यालयको पहुँचमा पु¥याइसकिएको उनको भनाइ छ । विद्यालयमा भर्ना भएका बालबालिकालाई संस्थाको तर्फबाट शैक्षिक सामग्री र स्कुल ब्याग समेत निःशुल्क उपलब्ध गराएको छ ।विद्यालय बाहिर रहेका बालबालिकाका लागी हाल तीन जना दक्ष शिक्षिका र एक दर्जन स्वयम्सेवक परिचालित गरेर नौ महिने बाल शिक्षा प्रदान गरिरहेको र क्रमिक रुपमा विद्यालय भर्ना गराउँदै लगेको उनको कथन छ ।

    “प्रारम्भिक बाल शिक्षाबाट राम्रो गर्दै गएका करिब दुई सय जना हरवाचरवा परिवारका बालबालिकालाई अहिले सम्म स्थानीय विद्यालयमा भर्ना गराई सकिएको छ”, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता बिजली रामले भने, “बाँकी रहेकालाई पनि क्रमशः पायक पर्ने विद्यालयमा भर्ना गराउने तयारी छ ।”

    गरिबी र अभावबाट गुज्रिरहेका हरवाचरवा र मुसहर समुदायका अधिकांश बालबालिका विद्यालयको नाकमुख देख्न पाएका छैन उनले भने, “त्यस्तालाई आगामी शैक्षिक सत्रदेखि विद्यालयसँग जोड्न सक्दो पहल गरिरहेका छौँ ।” रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend