images

२०८३ आश्विन २४ गते

images
images
images

कोदोको उत्पादन घट्दै जाँदा आयात बढ्यो, पूर्वीनाकाबाट ८५ करोडको आयात

कोदोको उत्पादन घट्दै जाँदा आयात बढ्यो, पूर्वीनाकाबाट ८५ करोडको आयात

images
images
मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • झापा । पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ।

    images
    images

    प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा ८५ करोड ४२ लाख रुपैयाँ बराबरको १७ हजार ७९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिए।

    उनका अनुसार आव २०७९/८० मा ५१ करोड ३१ लाख रुपैयाँ बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो। नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको सूचना अधिकारी ठाकुरले बताए।

    images
    images

    यसैगरी, फर्सी पनि भारतबाट ठूलो मात्रामा आयात हुने गरेको पाइएको छ। सोही अवधिमा फर्सी मात्र २१ करोड १४ लाख रुपैयाँको १० हजार ५७४ मेट्रिक टन आयात भएको जानकारी दिए।

    एक अर्ब दुई करोड २२ लाख मूल्य बराबरको ५१ हजार ११३ मेट्रिक टन गोलभेँडा, २९ करोड ५७ लाख मूल्य बराबरको १४ हजार ७८७ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ।

    सोही अवधिमा ५७ करोड ७३ लाख मूल्य बराबरको २८ हजार ८६९ मेट्रिक टन करेला, ३० करोड सात लाख मूल्य बराबरको १५ हजार २९ मेट्रिक टन भिण्डी र १५ करोड ६७ लाख मूल्य बराबरको सात हजार ८३६ मेट्रिक टन सिमी आयात भएको सूचना अधिकारी ठाकुरले जानकारी दिए।

    भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री नभएको किसानको गुनासो छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend