images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • विद्युतीय गाडीको आयातमा एक बर्षमा बाहिरियो...

विद्युतीय गाडीको आयातमा एक बर्षमा बाहिरियो २९ अर्ब ४८ करोड, कुन क्षमताको कति ?

विद्युतीय गाडीको आयातमा एक बर्षमा बाहिरियो २९ अर्ब ४८ करोड, कुन क्षमताको कति ?

images
images
मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • काठमाडौँ । आर्थिक बर्ष २०८०/८१ मा ११ हजारभन्दा धेरै विद्युतीय गाडी नेपाल भित्रिएको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक आर्थिक बर्ष ०८०/८१ मा ११ हजार ७ सय १ वटा विद्युतीय गाडी (विद्युतीय कार, जिप र भ्यान) आयात भएको हो । 

    एक बर्षको अवधीमा २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपैयाँको विद्युतीय गाडी आयात भएको छ जसबाट १३ अर्ब २८ करोड ६७ लाख १३ हजार रुपैयाँ राजश्व संकलन भएको छ । 

    images
    images

    कुन क्षमताको कति ? 

    समीक्षा अवधीमा ५१ देखि १०० किलोवाट मोटरका मात्रै छ हजार ८८५ वटा गाडी आयात भएका छन् । त्यस्तै ५० किलोवाट सम्मका चार हजार ५ सय ७१ वटा, १०१ देखि २०० किलोवाटसम्मका २ सय १७ वटा , २०१ देखि ३०० किलोवाटसम्मका २७ वटा र ३०१ किलोवाट माथीको एउटा गाडी आयात भएको छ। 

    विभागका अनुसार गत वर्षभन्दा यो वर्ष तीन गुण धेरै विद्युतीय गाडी आयात भएको छ । आर्थिक वर्ष २०७९–्८० मा कुल चार हजार ५० वटा मात्र विद्युतीय कार, जिप र भ्यान आयात भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend