images

२०८३ आश्विन १६ गते

images
images
images

धान खरिदमा यस वर्षपनि चुक्यो खाद्य व्यवस्था तथा व्यापार कम्पनी

धान खरिदमा यस वर्षपनि चुक्यो खाद्य व्यवस्था तथा व्यापार कम्पनी

images
images
बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • काठमाडौं । न्युनतम समर्थन मूल्य तोकेर किसानबाट धान खरिद गर्दै आएको सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसवर्षपनि लक्ष्य अनुसार धान खरिद गर्न सकेको छैन् ।

    images
    images

    चालू आर्थिक वर्ष (आव) २०८१/८२ मा कम्पनीले ७३ हजार ६ सय २० मेट्रिक टन खरिद लक्ष्य राखेर धान खरिद सुरु गरेको खाद्यले यसवर्ष ११ हजार ६ सय ४१ मेट्रिक टन मात्रै धान खरिद गर्न सकेको हो । यसका लागि सरकारले २ अर्ब ६५ करोड रुपैयाँ बजेट छुट्याइएको थियो ।कम्पनीकी सुचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले हाल सम्मकै ठुलो लक्ष्य राखेर धान खरिद सुरु गरिएपनि लक्ष्य अनुसार धान खरिद गर्न नसकेको बताईन् ।

    उनका अनुसार खाद्यको तुलनामा स्थानिय व्यापारीहरुले बढी मूल्यमा धान किन्न थालेपछि किसानहरुले व्यापारीलाईनै धान बेच्दा खाद्यले चाहेर पनि लक्ष्य अनुसार किन्न नसकेको हो । यद्यपि एक÷दुई स्थान बाहेक अन्य स्थानमा किसानले स्थानिय व्यापारीलाई धान बेची सकेपछि खरिद प्रक्रिया सुरु हुँदापनि खरिद लक्ष्य प्रभावित भएको सुवेदीले स्विकार गरिन ।

    images
    images

    चालू आवका लागि सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ४१०.५१ रुपैयाँ र मध्यम धानको ३ हजार ५८०.६२ रुपैयाँ तोकेको थियो । विगत वर्षहरुमा पनि खाद्यले लक्ष्य अनुसार धान खरिद गर्न नसेको तथ्यांक छ । यसअघि खाद्यले आव २०८०्८१ मा ५० हजार २ सय मेट्रिक टन धान खरिद लक्ष्य राखेपनि ९ हजार ३ सय मेट्रिक टन मात्रै खरिद गर्न सकेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend