images

२०८३ आश्विन १९ गते

images
images
images

रि–रिलिजमा सबैभन्दा बढी कमाउने फिल्म बन्यो ‘सनम तेरी कसम’

रि–रिलिजमा सबैभन्दा बढी कमाउने फिल्म बन्यो ‘सनम तेरी कसम’

images
images
बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • मुम्बई । हालको समयमा भारतमा पुनः फिल्म रिलीज एक नयाँ प्रवृत्तिको रूपमा देखा परेको छ ।धेरै बर्ष अघि थिएटरमा रिलिज भएका फिल्मले पनि रि रिलिजमा आफ्नै पुराना कीर्तिमान तोड्न सफल भएका छन । यसअघि चलचित्र विशेष अवसरमा मात्रै रिलिज हुन्थ्यो ।

    images
    images

    तर, केही समय यता बलिउडमा पनि फिल्म रि–रिलिज गर्ने चलन सुरु भएको छ । यो सूचीमा पुराना देखि नयाँसम्म चलचित्रहरू समावेश रहेका छन्। यसमा हलिउड बलिउडलगायत अन्य भाषाका फिल्महरू पनि समावेश छन्। विशेष कुरा के छ भने पुनः रिलिज भएका चलचित्रले पनि निकै राम्रो प्रतिक्रिया पाइरहेका छन् ।

    बलिउडमा सर्वकालीन ब्लकबस्टर फिल्म शोलेलाई लिनुहोस्। जब यो फिल्म हलमा रिलिज भयो, दर्शकहरु यसको लागि पागल बनेका थिए। यो फिल्म त्यतिबेला रि–रिलिजमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो ।

    images
    images

    पछि सोहम शाहको ‘तुम्बाड’ ले यो ठाउँ लियो र लामो समयसम्म बक्स अफिसमा पुनः रिलिज भएका चलचित्रहरूमध्ये सबैभन्दा धेरै कमाउने चलचित्र साबित हुन पुग्यो । तर, अहिले हर्षवर्धन राणेको फिल्म ‘सनम तेरी कसम’ले यसअघिका फिल्मका रि रिलिजका सबै रेकर्ड तोडेको छ । चलचित्रले पुनः  रिलिजमा उत्कृष्ट प्रदर्शन गर्‍यो र गरिरहेको छ । जसका कारण अब यो फिल्म देशकै सबैभन्दा धेरै कमाउने रि–रिलिज भएको फिल्म बनेको छ ।

    ‘सनम तेरी कसम’ को प्रोडक्सन हाउसले यस फिल्मको पोस्टर सेयर गर्दै यो फिल्म अहिले देशमा सबैभन्दा धेरै कमाउने रि–रिलिज हुने फिल्मको सूचीमा पहिलो स्थानमा पुगेको बताएको छ । फिल्मलाई चारैतिरबाट बधाई मिलिरहेको छ । यो चलचित्र अहिले पनि हलमा चलिरहेको छ तर यसको कमाई दैनिक १० लाख रुपैयाँको हाराहारीमा नै कायम रहेको छ।

    खासमा यो फिल्म सन् २०१६ मा आएको थियो । फिल्मले रिलिजको समयमा औसत कमाई गरेको थियो । तर यो फिल्मसँगै हर्षवर्धन राणेको फ्यान फलोइङ बढेको थियो । त्यसपछि जब यो फिल्म फेरि रिलिज भयो, त्यो भन्दा बढी आकर्षण अहिले देखियो । यो फिल्मलाई अहिले पनि दर्शकले धेरै माया दिइरहेका छन् ।

    र, केहि समय भित्रै यो चलचित्र ‘तुम्बाड’ सर्बाधिक कमाउने रेकर्डलाई पछि पार्दै सबैभन्दा धेरै कमाउने पुनः रिलिज भएको चलचित्र साबित भयो। फिल्मको लाइफटाइम कलेक्शनको कुरा गर्दा सकनिल्कको रिपोर्ट अनुसार फिल्मले पुनः रिलिजमा ३३ करोड कमाएको छ । फिल्मको कुल कलेक्सन अहिले ५३ करोड पुगिसकेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend