images

२०८३ आश्विन २४ गते

images
images
images

एक वर्षमा ४५ अर्बको खाद्यान्न आयात, भारतबाटमात्रै ४४ अर्ब बराबर ९ लाख ६० हजार मेट्रिक टन

एक वर्षमा ४५ अर्बको खाद्यान्न आयात, भारतबाटमात्रै ४४ अर्ब बराबर ९ लाख ६० हजार मेट्रिक टन

images
images
मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • काठमाडौँ । आर्थिक बर्ष २०८०/८१ मा ४५ अर्ब बराबरको खाद्यान्न आयात भएको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को वैदेशिक व्यापार तथ्याङ्क अनुसार एक बर्षको अवधीमा ४५ अर्ब ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो ।

    उक्त समयमा ४८ हजार मेट्रिक टन बासमती चामलसहित कुल ४५ अर्ब ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो ।

    images
    images

    यस्तै, एक बर्षको अवधीमा नेपालमा ६ अर्ब रुपैयाँ बराबरको बासमती चामल मात्रै आयात भएको छ । उक्त खाद्यान्न आयायतबाट सो अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ  राजस्व सङ्कलन गरेको छ । 

    नेपालमा अधिकांश खाद्य वस्तु भारतबाट आयात भएको छ । भारतबाटमात्रै ४४ अर्ब बराबर ९ लाख ६० हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ ।

    नेपालमा धान, चामल, मकै लगायत विभिन्न खाद्यान्न आयात गरिन्छ । गत आर्थिक वर्ष २०८०र०८१ मा भारत, चीन, मेक्सिको, अर्जेन्टिना, ब्राजिल, जर्मनी लगायत विभिन्न मुलुकबाट आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

    विभागका अनुसार गत आर्थिक वर्षमा ४ लाख मेट्रिक टन धान र चामल आयात भएको छ । यसबाट २२ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ ।

    यस्तै, ३ लाख ५२ हजार मेट्रिक टन मकै आयात गर्दा १४ अर्ब रुपैयाँ खर्च भएको विभागको तथ्याङ्क छ ।

    साढे एक मेट्रिक टन बराबर मैदा, पिठो, गहुँ लगायत खाद्यान्न आयात भएको छ । यसबाट नेपालले १९ अर्ब रुपैयाँ बराबर खर्च गरेको विभागको तथ्याङ्क छ । 

    सोही अवधिमा नेपालबाट १ करोड ५८ लाख बराबरको मात्रै खाद्यान्न निर्यात भएको तथ्याङ्कमा देखाइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend