images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • काउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख...

काउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी

काउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं । जिल्लाकै उत्कृष्ट किसानका रूपमा परिचित बागलुङ नगरपालिका–९, तित्याङका पदम खत्रीले एकै ‘सिजन’मा रु छ लाखको काउली बिक्री गरेका छन्  । २०६६ सालदेखि निरन्तर तरकारी खेतीमा लागेका उनी अहिले बागलुङका सफल किसानका रूपमा परिचित छन् । 

    images
    images

    उनले निजी, भाडा र बाँझो जग्गा गरी १८ रोपनी खेतबारीमा प्लास्टिक टनेल र टनेलबाहिर सिजन अनुसारका तरकारी उत्पादन गर्दै आएका छन् । पदम खत्रीले एग्रो फार्ममा मौसमी र बेमौसमी टमाटर, काउली, बन्दा, साग, सिमी र घिरौँलालगायत तरकारी फलाउँदै आएका छन्  । 

    उनले गत वर्ष एउटै काउली नौ किलोको र यस वर्ष १२ किलो सम्मको फलाएका थिए । उनी कृषि ज्ञान केन्द्रबाट पटक–पटक उत्कृष्ट किसानका रूपमा सम्मानित हुँदै आएका छन् । “निरन्तर मेहनत गरे सफलता पाइँदोरहेछ, अहिलेको सिजनमा मात्रै छ लाखको काउली बजार पठाएँ, वर्षमा पाँच–छ लाखको त टमाटर नै बिक्री हुन्छ,” खत्रीले भने, “आठवटा प्लास्टिक टनेल र खन्य खुल्ला रूपमा तरकारी उत्पादन हुँदै आएको छ, यस वर्ष काउलीको मूल्य राम्रो भएकाले धेरै नाफा भयो ।”

    images
    images

    विसं २०६६ मा एउटा प्लास्टिक टनेलबाट तरकारी खेती थालेका खत्री यस क्षेत्रकै सफल किसानका रूपमा परिचित छन् । स्वदेशमा केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा लाग्नुभएका खत्रीले वार्षिक रु १२ देखि १४ लाख आम्दानी गर्दै आएका छन्  ।

    “अहिले काउली र ब्रोकाउली मात्रै १० क्विन्टल बिक्री गरेको थिएँ, छ लाख आम्दानी त एक सिजको काउलीबाटै भयो, अहिले काउलीको बजार मूल्य रु १०० सम्म परेकाले राम्रो आम्दानी भयो,” उनले भने । तरकारी खेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा लिएर १८ रोपनी जग्गा पुर्‍याएका छन्  ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend