images

२०८३ आश्विन ३० गते

images
images
images

कुमारी बैंकको ९७ हजार कित्ता सेयर बिक्रीमा

कुमारी बैंकको ९७ हजार कित्ता सेयर बिक्रीमा

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले ९७ हजार ६५६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी सेयर बिक्रीमा ल्याएको हो।

    images
    images

    उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ। सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।

    साथै तोकिएको समयसीमा भित्र बैंकका विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्री गरिने समेत उल्लेख गरेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend