images

२०८३ आश्विन ३० गते

images
images
images

नेपाल राष्ट्र बैंकले आज बजारबाट २५ अर्ब तान्दै

नेपाल राष्ट्र बैंकले आज बजारबाट २५ अर्ब तान्दै

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौंः नेपाल राष्ट्र बैंकले मंगलबार बजारबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत बजारबाट २५ अर्ब रुपैयाँ तान्न लागेको हो । आज मंगलबार फागुन १३ गते २२ दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । 

    images
    images

    इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

    साँवा र ब्याज भुक्तानी मिति चैत ६ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend