images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • डा. लम्साल मदन भण्डारी स्वास्थ्य विज्ञान...

डा. लम्साल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा नियुक्त

डा. लम्साल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा नियुक्त

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्राडा दिनेशकुमार लम्साल नियुक्त भएका छन्। नवनियुक्त शिक्षाध्यक्ष प्राडा लम्सालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

    images
    images

    प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले आइतबार प्राडा लम्साललाई शिक्षाध्यक्षमा नियुक्त गरेकी हुन्। प्रदेशमा स्वास्थ्य मन्त्रालय रहेपनि कानुन संशोधन नहुँदा सामाजिक विकास मन्त्रालयले नै नियुक्ति गर्ने व्यवस्था रहेको छ।

    आइतबार ४ वर्षे कार्यकालका लागि नियक्त भएका प्राडा लम्साललाई सोमबार प्रतिष्ठानका उपकुलपति डा प्रदिप ज्ञवालीले शपथ ग्रहण गराएका छन्। शपथ समारोहमा प्रतिष्ठानका कुलपति एवम् मुख्यमन्त्री बहादुरसिंह लामा, सहकुलपति एवम् सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, स्वास्थ्य मन्त्री किरण थापामगर, प्रमुख सचिव महादेव पन्थ लगायतको उपस्थिति रहेको थियो।

    images
    images

    प्रा.डा लम्साललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को दफा १९ उपदफा  (१) अनुसार शिक्षाध्यक्ष पदमा नियुक्त गरिएको हो। गत वैशाखमा उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा नियुक्त भएका थिए।

    इमर्जेन्सी तथा फेमेलि मेडिसिनका विशेषज्ञ डा लम्साल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल रिभ्यु बोर्डका सदस्य समेत भइसकेका छन्। उनले निजामती अस्पतालमा १५ वर्ष काम गरेका छन्। यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)वीर अस्पतालमा ७ वर्ष प्राध्यापन गरेका थिए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend