images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • बिमा प्राधिकरणको अध्यक्षका लागि ओझा, पुडासैनी...

बिमा प्राधिकरणको अध्यक्षका लागि ओझा, पुडासैनी र बस्यौलाको नाम सिफारिस

बिमा प्राधिकरणको अध्यक्षका लागि ओझा, पुडासैनी र बस्यौलाको नाम सिफारिस

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा तीनजनाको नाम सिफारिस भएको छ । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँचजनामध्ये शरद ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम सिफारिस गरेको हो । 

    images
    images

    सिफारिस समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी, अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा ज्योतिचन्द्र ओझा छन् । आज ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले तीनजनामध्ये एकजनालाई अध्यक्ष नियुक्त गर्नेछ ।

    सिफारिसमा परेका पुडासैनी पूर्वराजस्व सचिव हुन् । उनी अहिले कृषि विकास बैंकको अध्यक्ष छन् । बस्यौला स्वास्थ्य बिमा बोर्डको पूर्वकार्यकारी निर्देशक हुन् ।ओझाले विभिन्न सञ्चारमाध्यममा संवाददाता तथा विशेष संवाददाताका रूपमा काम गरिसकेका छन् । उनी हाल क्लिकमाण्डुमा विशेष संवाददाता तथा वरिष्ठ प्रबन्धकको रूपमा कार्यरत छन् ।आवेदन दिएका १२ जनामध्ये ओझा, पुडासैनी, बस्यौला, कमलप्रसाद रेग्मी र चिरञ्जीवी चापागाईं सर्टलिस्टमा परेका थिए ।  

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend