images

२०८३ आश्विन ३० गते

images
images
images

शाइन रेसुंगाले मनायो १७औं वार्षिकोत्सव

शाइन रेसुंगाले मनायो १७औं वार्षिकोत्सव

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं ।  शाइन रेसुंगा डेभलपमेन्ट बैंक १७औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय बुटवलमा आइतबार विविध कार्यक्रमसहित मनाएको छ।

    images
    images

    सो अवसरमा दौड प्रतियोगिता, शाइन आर्थिक पत्रकारिता पुरस्कार वितरण, उत्कृष्ट शाखा र कर्मचारी सम्मानलगायतका कार्यक्रम सम्पन्न गरेको छ।

    ‘शाइन रेसुंगा राष्ट्रिय टेन के’ दौडमा प्रतियोगिताको उपाधि पुरुषतर्फ मिंमार सिंगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका छन्। उपाधि जितेसँगै उनीहरूले एक–एक लाख रुपैयाँ राशिको पुरस्कार पाएका हुन्। त्यस्तै, आर्थिक पत्रकारित पुरस्कार भने एभिन्युज टेलिभिजनका लुम्बिनी प्रदेश प्रमुख एवं बिजनेस खबर पत्रिकाका सम्पादक दामोदर खनाललाई प्रदान गरिएको छ।

    images
    images

    बैंकका अध्यक्ष थानेश्वर पौडेलले निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा वृद्धि गर्ने, कर्जाको गुणस्तरमा विशेष ध्यान दिई ग्रामीण क्षेत्रमा कृषि, साना तथा मझौला उद्यमलगायतका क्षेत्रमा लगानी विस्तार गर्ने, डिजिटल कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउँदै उत्कृष्ट विकास बैंक बन्ने लक्ष्यसहित अघि बढेको बताए।

    त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बैंकलाई धेरैभन्दा धेरै सेवाग्राहीको बैंक बनाउने प्रतिबद्धता व्यक्त गरे। बैंक सुशासन, स्पष्ट भिजन र दिशासहित अघि बढेको बताउँदै वित्तीय अनुशासनको पाटोलाई बैंकले मुख्य जोड दिएको बताउँदै डिजिटल बैंकिङ तथा युवा उद्यमशीलता कार्यक्रमका कारण युवा पुस्तामाझ बैंक लोकप्रिय बनेको उल्लेख गरे।

    बैंकले वार्षिकोत्सवकै अवसरमा यस वर्ष उत्कृष्ट शाखाका रूपमा कतरनिया, बर्दिया, सूर्यपुरा, रुपन्देही, खैरेनी, गुल्मी, बिजुवार प्युठान र योगीकुटी शाखा रुपन्देहीलाई बेस्ट म्यानेज्ड ब्रान्च अवार्डबाट सम्मान गरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend