images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • नेपालमा टाटा कर्भ ईभी सार्वजनिक, कति...

नेपालमा टाटा कर्भ ईभी सार्वजनिक, कति छ मूल्य ?

नेपालमा टाटा कर्भ ईभी सार्वजनिक, कति छ मूल्य ?

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं। टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा टाटा कर्भ ईभी सार्वजनिक गरेको छ । लङ रेन्ज मोडल मात्रै उपलब्ध हुने कर्भमा ५५ किलोवाट आवरको ब्याट्री प्याकमा रहने छ ।टाटा कर्भ ईभीको ठूलो ब्याट्रीले सिंगल चार्जमा ४०० किलोमिटर हाराहारी रेन्ज दिने अनुमान गर्न सकिन्छ । एमआईडीसी टेस्टले भने ५०२ किलोमिटर रेन्ज देखाएको छ ।

    images
    images

    गाडीमा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम छ । जसले गाडीलाई सवारीसाधन, पैदलयात्री, साइकल चालक जंक्सनलगायतमा ठोकिन दिदैन। गाडीलाई सुरक्षित राख्नको लागि स्वचालित ब्रेकले काम गर्ने बताईएको छ ।

    ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ रहेको यो कारले ५ स्टार सेफ्टी रेटिङ समेत पाएको छ ।  ईभीको इन्टेरियर ह्वाइट र ग्रे गरी दुई कलरमा बनाइएको छ । कर्भ ईभीको मूल्य ५६ लाख ९९ हजार रूपैयाँ तोकिएको छ ।

    images
    images

    भारत एनक्याप क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाउन सफल कर्भ ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, इएसपी, ड्राइभ डाउजीनेस अलर्ट, व्लाइन्ड स्पट मनिटर, लेवल २ एडास फिचर दिइएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend