images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • फिदिम र फुङ्लिङ्गमा एभरेष्ट बैंकका नयाँ...

फिदिम र फुङ्लिङ्गमा एभरेष्ट बैंकका नयाँ शाखा सञ्चालनमा

फिदिम र फुङ्लिङ्गमा एभरेष्ट बैंकका नयाँ शाखा सञ्चालनमा

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशका पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक, दीगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यले नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

    images
    images

    बैंकले फिदिम नगरपालिका वडा नं १–पाँचथरमा १३०औँ तथा फुङ्लिङ्ग नगरपालिका वडा नं ४– ताप्लेजुङमा १३१औँ शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । फिदिम र फुङ्लिङ्गमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ । एभरेष्ट बैंकका शाखाहरुको उद्घघाटनसँगै उक्त स्थानका स्थानीयउपभोक्ताले राष्ट्रियस्तरको अत्याधुनिक बैंकिङ्ग सेवाहरू प्राप्त गर्ने भएका छन् ।

    फिदिम र फुङ्लिङ्ग शाखाको उद्धघाटन समारोहमा बैंकका तर्फबाट सञ्चालक किरण कृष्ण श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा तथा कोशी प्रदेशका प्रमुख सुधीर गौतमका साथै फिदिम शाखामा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले तथा फुङ्लिङ्ग शाखामा फुङ्लिङ्ग नगरपालिकाका प्रमुख अमिर मादेनलगायत नेपाल सरकार तथा स्थानीय संघ–संस्थाका प्रतिनिधि, बैंकका कर्मचारीलगायत स्थानीयबासीको उत्साहजनक उपस्थितीका बीच औपचारिक कार्यक्रम आयोजना गरिएको हो ।

    images
    images

    फिदिम र फुङ्लिङ्गमा आफ्नो १३०औँ र १३१आँै शाखा सञ्चालन गरेसँगै अब यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गइ समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तिय पहँुचबाट बाहिर रहेका अन्य स्थनमा समेत शाखा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।

    पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेको र देशैभरीे १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटिएम छन् । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बंैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारत नयाँदिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ.।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend