images

२०८३ आश्विन १६ गते

images
images
images

माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु

माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु

images
images
आइतवार, फाल्गुण ११ २०८१
आइतवार, फाल्गुण ११ २०८१
  • म्याग्दीः म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो इम्पाएर प्रालि प्रवद्र्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँध देखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माणका लागि आज गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशम बहादुर जुुग्जालीले शिलान्यास गरे ।

    images
    images

    आयोजना प्रमुख रमेश सुवेदीले आगामी २०८२ चैत मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य सहित बाँध, सुरुङ र विद्युत्गृह निर्माणको काम सुरु भएको बताए । ‘पहुँचमार्ग लगायत पूर्वाधार निर्माण सकेर आयोजनाको मुख्य संरचना निर्माण थालिएको छ’, उनले भने, ‘बाँध, नाउरा र आउटलेटको अडिटबाट सुरुङ निर्माण थालिएको हो।’ माथिल्लो म्याग्दीले अपर म्याग्दी–१ र म्याग्दीखोला जलविद्युत् आयोजनासँग सहकार्य गरेर मालिका गाउँपालिका–७ बिमको भारवाङ देखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगर गाउँ नजिकैसम्म करिब २१ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ ।

    म्याग्दी नदीमाथि ५० र ३० मेट्रिक्टन क्षमताको दुई वटा बेलिब्रिज जडान गरेर आयोजना निर्माणस्थललाई पहुँचमार्गले जोडेको आयोजनाका प्रबन्ध निर्देशक जित बहादुर घर्तीले बताए । सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध र बाँया किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी निर्माण थालिएको छ।

    images
    images

    चार किलोमिटर लामो सुरुङबाट ल्याइने पानी तीन सय दशमलव ८८ मिटर अग्लो हेडबाट विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । आउटलेट देखि विद्युत्गृह सम्म सात सय ९७ दशमलव ९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ । कूल रु छ अर्ब ६९ करोड ९४ लाख ९५ हजार लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धक र आमनागरिकको सेयरबाहेक सिद्धार्थ बैंक, नेपाल एसबिआई, सिटिजन्स, एभरेष्ट र नबिल बैंकको रु पाँच अर्ब ३४ करोड ८८ लाख ९८ हजार लगानी रहने छ ।

    सत्तरी प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी रहने आयोजना निर्माण भएपछि दुई सय १५ दशमलव सात सय १४ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने जनाइएको छ । उत्पादित विद्युत् विद्युतगृह देखि नौ दशमलव दुई किलोमिटर दुरीको एक सय ३२ केभी सिङ्गल सर्किट प्रसारण लाइन मार्फत डाडाखेत सवस्टेसनमा जोडिनेछ ।शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य जुग्जालीले माथिल्लो म्याग्दी लगायत यस क्षेत्रमा निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोडिने बताए ।

    त्यसका लागि नेपाल विद्युत् प्राधिकरण मार्फत मालिका गाउँपालिका–७ डाडा खेतमा १३२ केभी क्षमताको सवस्टेशन र त्यहाँ देखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माणकार्य अन्तिम चरणमा रहेको उनले जानकारी दिए । धवलागिरी गाउँपालिका अध्यक्ष प्रेम प्रसाद पुनले माथिल्लो म्याग्दी लगायत आठ वटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेको बताए । जलविद्युत् आयोजना समयमै निर्माण सम्पन्न भएमा त्यसबाट गाउँपालिकालाई रोयल्टी प्राप्त हुने र त्यसलाई विकास निर्माण तथा नागरिकको सेवा सुविधामा परिचालन गर्न सकिने उनको भनाइ थियो ।

    धवलागिरि गाउँपालिका–४ का अध्यक्ष याम प्रसाद घर्ती, वडा सदस्य रिम रोका र हरि प्रसाद तिलिजाले जलविद्युत् आयोजना सँगै दुर्गम र विकट क्षेत्रमा विकास भित्रिएको बताए । जलविद्युत् आयोजनाले निर्माण गरेको सडकबाट स्थानीयबासीलाई पनि सुविधा पुगेको उनले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend