images

२०८३ आश्विन १९ गते

images
images
images

दोस्रो एन सी एम टी इन्टर कलेज फुटसल टुर्नामेन्ट २०२५

दोस्रो एन सी एम टी इन्टर कलेज फुटसल टुर्नामेन्ट २०२५

images
images
आइतवार, फाल्गुण ११ २०८१
आइतवार, फाल्गुण ११ २०८१
  • काठमाडौंः नेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नीकल साइन्स प्रा. लि. सामाखुसी–०३, काठमाडौंको आयोजनामा ”दोस्रो एन सी एम टी इन्टर कलेज फुटसल टुर्नामेन्टको प्रथम उपाधि ललितपुरको एसियन इन्सिच्यूट अफ टेक्नोलोजि एण्ड म्यानेजमेन्ट (ए.आइ.टी.एम) कलेजले प्राप्त गरेको छ ।

    images
    images

    काठमाडौंको सामाखोसी स्थित मनाङ मस्र्याङ्दी फुट्सल ग्राउण्डमा भएको फाइलन खेलमा टेक्सास इन्टरनेशनल कलेजचावहिललाई २–१ गोलको अन्तरमा हराउदै ए.आइ.टी.एम कलेज ललितपुरले विजयी हासिल गरेको छ ।

    ए.आइ.टी.एम कलेजसंग पराजित बनेको टेक्सास इन्टरनेशनल कलेज द्वितीय स्थान प्राप्त गरेको छ । त्यस्तै, तस्रो स्थानमा सरस्वती बहुमुखी क्याम्पस ठमेल रहेको छ । फुट्सल टुर्नामेंन्टको प्रथम द्वितीय र तृतीयः स्थान हासिल गर्ने कलेजहरुले क्रमशः २५, १५ र ५ हजार नगद सहित मेडल र ट्रफि प्राप्त गरेका छन् ।

    images
    images

    साथमा उक्त टुर्नामेंन्टको उत्कृष्ट गोलरक्षकको उपाधि ए.आइ.टी.एम कलेजका अनिल केसीले प्राप्त गरेका छन् भने मस्ट भ्यालुएबल खेलाडीको उपाधि सरस्वती बहुमुखी क्याम्पसका सुशान्त भण्डारीले हात पारेका छन् ।

    इन्टरकलेज फुटसल टुर्नामेंन्टको आयोजक कलेज एन.सी.एम.टीका भाइस प्रिन्सिपल विकास विडारीका अनुसार कलेजले विद्यार्थीलाई पढाईसंगै विद्यार्थीको वृद्धि विकास र खेल विकासका लागि टुर्नामेंन्ट महत्त्वपूर्ण भएको औलाएका छन्। साथै कलेजले आगामी वर्ष तेस्रो एन.सी.एम.टी इन्टरकलेज फुट्सल टुर्नामेंन्ट आयोजना गर्ने जनाएको छ ।

    त्यस्तै टुर्नामेंन्टको प्रमुख अथितिको आतिथ्यता ग्रहण गरेका नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले यस्ता टुर्नामेंन्टले विद्यार्थीहरुलाई रिफ्रेसमेन्ट प्रदान गर्नुुका साथै राष्ट्रिय खेलका लागि खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने धारणा राखे ।

    फुट्सल टुर्नामेंन्टको पहिलो खेलमा १४ वटा उपत्यकाका कलेजहरु सहभागी भएका  थिए । जससमा ३ गुपमा छुट्याएर हरेक टिमले तीन वटा लिगम्याच खेलेका थिए । खेलको पोइन्टको आधारमा ८ वटा टिम क्वाटर फाइलनमा पुगेका थिए । जसबाट ४ वटा टिम सेमिफाइनलमा पुग्न सफल बनेको थियो भने चार वटा टिमबाट दुई वटा टिम ए.आइ.टी.एम कलेज र टेक्सास इन्टरनेशनल कलेज फाइनलमा पुगेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend