images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • हमासबाट रिहा भए ६ जना,अझै पनि...

हमासबाट रिहा भए ६ जना,अझै पनि परेनन् विपिन

हमासबाट रिहा भए ६ जना,अझै पनि परेनन् विपिन

images
images
आइतवार, फाल्गुण ११ २०८१
आइतवार, फाल्गुण ११ २०८१
  • काठमाडौंः हमासले शनिबार थप ६ जना बन्धक छाडेको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार वेस्ट बैंक र गजाबाट हमासले ६ जना बन्धक रेडक्रस मार्फत इजरायललाई फिर्ता गरेको हो। 

    images
    images

    शनिबार छाडिएका ६ जनै इजरायली नागरिक हुन्। शनिबार ३७ वर्षका अवेरा मेन्गिस्तु , ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमेर वेनकर्ट र २२ वर्षका ओमेर शेम टोभ रिहा गरिएका हुन्। 

    हमासबाट रिहा भएपछि परिवारसँग अँगालो मार्दै अवेरा मेन्गिस्तु टाइम्स अफ इजरायलका अनुसार उनीहरूमध्ये अवेरा र हिशाम २०१४ देखि नै हमासको नियन्त्रणमा थिए। समुद्र तटबाट गाजा प्रवेश गर्दा उनीहरूलाई हमासले नियन्त्रणमा लिएको थियो।

    images
    images

    बाँकी चार जनालाई भने सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमला गर्दा हमासले बन्धक बनाएर गाजा लगेको थियो।हमासले ६ जना बन्धक छाडेको बदलामा इजरायलले ६०२ जना प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ।

    गत जनवरी १९ देखि भएको युद्धविरामयता हमासले शनिबार (फागुन १० गते) सातौँपटक बन्धक रिहा गरेको हो। आज रिहा भएका ६ जना समेत गरेर हमासले अहिले सम्म ३० बन्धक मुक्त गरेको छ। 

    हमासले भने यसअघि छैटौँपटक सम्म ९ सय ३५ जना प्यालेस्टिनी कैदी रिहा गरेको छ। यसबीच नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा गरिएको छ। तर अहिलेसम्म उनको पालो आएन। 

    पहिलो चरणको युद्धविराम अन्तर्गत भएको सम्झौता अनुसार हमासले जम्मा ३३ बन्धक छाड्ने भनिएको छ। यस हिसाबले अब उसले मुक्त गर्न ३ बन्धक मात्र बाँकी छ। 

    बदलामा इजरायलले २ हजार कैदीलाई जेलमु्क्त गर्ने सम्झौता छ।पहिलो चरणको युद्धविराम बीच दोस्रो चरणको युद्धविराम गर्न मध्यस्थकर्ताहरूले छलफल गर्ने बताइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend