images

२०८३ कार्तिक ९ गते

images
images
images
  • शेयर
  • भदौ ६ गतेदेखि मानुषी लघुवित्तको संस्थापक...

भदौ ६ गतेदेखि मानुषी लघुवित्तको संस्थापक सेयर बिक्री खुला हुने

भदौ ६ गतेदेखि मानुषी लघुवित्तको संस्थापक सेयर बिक्री खुला हुने

images
images
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
  • काठमाडौँ - मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर खरिद बिक्री खुला हुने भएको छ । 

    images
    images

    संस्थापक सेयर धनी तथा कर्मचारीहरूका लागि बिक्री गरिएको सेयरको खरिद तथा बिक्रीको लक इन पिरिअड आगामी भदौ ६ गतेसम्म रहेकाले अबको एक महिना पछि संस्थापक सेयर खरिद बिक्री खुला भएको हो । कम्पनीका अनुसार संस्थापक सेयर धनीतर्फ ७ लाख कित्ता र कर्मचारीतर्फ ५ हजार ४६९ कित्ता सेयर रहेको छ । 

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ (१) को व्यवस्था अनुसार बैंक वा वित्तीय संस्थाको संस्थापकले वित्तीय कारोबार सञ्चालन गरेको कम्तीमा पाँच वर्ष नपुगेसम्म आफ्नो नाममा रहेको शेयर बिक्री गर्न वा धितो बन्धक राख्न नपाउने व्यवस्था छ । 

    images
    images

    यसैगरी निष्कासन कम्पनीको पालना गर्नुपर्ने र धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को दफा ३८ (१) बमोजिम विवरण पत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको धितोपत्र सङ्गठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गरेको शेयर बाँडफाँड भएको मितिले तीन वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाइने व्यवस्था समेत ऐनमा नै व्यवस्था गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend