images

२०८३ कार्तिक ८ गते

images
images
images
  • समाचार
  • हिमाली र पहाडी भूभागमा आंशिक बादल...

हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

images
images
शनिवार, कार्तिक ८ २०८३
शनिवार, कार्तिक ८ २०८३
  • काठमाडौँ, ७ कात्तिक । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने जनाएको छ । 

    images
    images

    महाशाखाले देशको तराई भू–भागमा मौसम मुख्यतया सफा हुने जनाएको छ । त्यसैगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा।हिमपातको सम्भावना रहेको छ । 

    महाशाखाका अनुसार आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।  

    images
    images

    महाशाखाले कात्तिक ८ गते दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने बताएको छ । त्यसैगरी देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी  र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना  रहेको जनाएको छ ।

     त्यसैगरी आइतबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ । 

    त्यसैगरी कात्तिक ९ गते सोमबार देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने छ । सोही दिन देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend