काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ सवारीसाधन तथा चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको दैनिक विवरणअनुसार मापसे गरी सवारी चलाउने १०२ जना कारबाहीमा परेका छन्। त्यस्तै, सीसीटीभी निगरानीबाट ३९, रातो बत्ती उल्लङ्घन गर्ने २० तथा तीव्र गतिमा सवारी चलाउने ५७ जनामाथि कारबाही गरिएको छ।
कार्यालयका अनुसार हर्न निषेधसम्बन्धी नियम उल्लङ्घन गर्ने ८ जना, लेन अनुशासन उल्लङ्घन गर्ने ३ जना र सवारीको अवस्था ठीक नभएका कारण २ जनामाथि कारबाही गरिएको छ। अन्य कसुरमा १०५ जनामाथि कारबाही गरिएको विवरणमा उल्लेख छ।
ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थापन तथा सडक अनुशासन कायम गर्न नियमित निगरानी र कारबाही गर्दै आएको छ।
प्रहरीले सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, निर्धारित गतिमा सवारी चलाउन तथा सडक संकेतको सम्मान गर्न आग्रह गरेको छ।
स्रोतः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय।





.gif)





