images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • बालकुमारीमा ग्लोबल मोटर्सको नयाँ टीभीएस शोरूमको...

बालकुमारीमा ग्लोबल मोटर्सको नयाँ टीभीएस शोरूमको औपचारिक शुभारम्भ

बालकुमारीमा ग्लोबल मोटर्सको नयाँ टीभीएस शोरूमको औपचारिक शुभारम्भ

images
images
शुक्रवार, फाल्गुण ९ २०८१
शुक्रवार, फाल्गुण ९ २०८१
  • काठमाडौंः नेपालको अटोमोबाइल बजारमा एक महत्वपूर्ण थप गर्दै, ग्लोबल मोटर्सले बालकुमारीमा आफ्नो नयाँ टीभीएस शोरूमको भव्य उद्घाटन गरेको छ। उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता तथा ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले संयुक्त रूपमा रिबन काटेर शोरूमको औपचारिक शुभारम्भ गरे।

    images
    images

    नयाँ शोरूमले ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। यहाँ टीभीएसका विभिन्न मोडेलहरू उपलब्ध हुनुका साथै, स्पेयर पार्ट्स र सवारी मर्मत सम्भारको सुविधा पनि प्रदान गरिनेछ। ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक हमालले स्थानीय बजारमा उच्चस्तरीय सवारी साधन र सेवाहरू पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

    “टीभीएसले सधैं उद्योगमा नवीनतम प्रविधि र उच्च गुणस्तरका उत्पादनहरू प्रस्तुत गर्दै आएको छ। नयाँ डिलरशिपले हाम्रो उपस्थिति अझ बलियो बनाउनुका साथै ग्राहकहरूसम्म विश्वस्तरीय दुईपांग्रे सवारी सरल र सहज रूपमा पुर्याउनेछ,” जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ताले उद्घाटन समारोहमा बताए।

    images
    images

    नेपालभर १५० भन्दा बढी डिलरहरूको बलियो सञ्जाल सहित जगदम्बा मोटर्स प्रा. लि. टीभीएसको एक मात्र आधिकारिक वितरक रहेको छ। उत्कृष्ट प्रविधि, उच्च गुणस्तरका उत्पादन, प्रभावकारी बिक्री पछिको सेवा, र सहज रूपमा जगेडा पार्टपुर्जाको उपलब्धताका कारण टीभीएस नेपालका ग्राहकहरूबीच सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रूपमा स्थापित भएको छ।

    ग्लोबल मोटर्सको नयाँ शोरूमले बालकुमारी र वरपरका क्षेत्रका ग्राहकहरूलाई सहज र भरपर्दो सेवा दिने विश्वास गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend