images

२०८३ आश्विन १९ गते

images
images
images

चलचित्र ‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक

चलचित्र ‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं। महाशिवरात्रिको अवसर पारेर यहीँ फागुन १४ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक भएको छ । एसडी योगीको स्वर र संगीत रहेको सार्वजनिक गीतमा राम अविरल बिष्टको शब्द छ ।

    images
    images

    गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक पल शाह, नायिका दीपिका प्रसाँई, नायिका करिश्मा श्रेष्ठ, कलाकार सुशिल सिटौला लगायतको अभिनय छ । विन्धवासिनी मन्दिरमा नै यो गीत छायांकन गरिएको हो।

    दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिंम्खडा, संगीता सिलवालको साथमा नव–नायक समीम खानको मुख्य भूमिका छ ।

    images
    images

    राजु विक्रम थापाको डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रमा धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।राजु पराजुली र सुमित वलीको सह–निर्माण रहेको चलचित्रमा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जनको पनि लगानी छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend