images

२०८३ आश्विन १७ गते

images
images
images

सरकारले लिएको ऋणमा डलरको भाउ बढेपछि ३६ अर्ब लागत बढ्यो

सरकारले लिएको ऋणमा डलरको भाउ बढेपछि ३६ अर्ब लागत बढ्यो

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं ।गत असार अन्त्ययता प्रतिडलरको मूल्य ४.४३ रूपैयाँले बढेको छ।असार अन्त्यमा एक डलर किन्न १ सय ३४ रूपैयाँ ०६ पैसा तिरिरहेका नेपालीहरूले पुस अन्त्यमा १ सय ३८ रूपैयाँ ४९ पैसा तिर्नुपर्ने अवस्था आयो।

    images
    images

    भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि कमजोर भएको हो।किनभने नेपाली मुद्राको विनिमय दर सोझै डलरसँग तोकिएको छैन। डलरको तुलनामा भारतीय मुद्रा बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ भने कमजोर हुँदा कमजोर।

    नेपाली मुद्रा कमजोर हुँदा विभिन्न क्षेत्रमा प्रभाव पर्छ। डलरमा आयत हुने वस्तुहरूको मूल्य बढ्छ। यसले नेपालमा पनि मूल्य वृद्धि बढ्ने सम्भावना हुन्छ।

    images
    images

    त्यति मात्रै होइन सरकारले लिएको अन्तर्राष्ट्रिय ऋणको भार समेत बढ्छ। हालै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको माघसम्मको तथ्यांकले यस्तै भार बढेको देखाएको छ। एक महिनामै यस्तो नोक्सान २४ अर्ब ९८ करोड रूपैयाँले बढेको छ।

    यसले सरकारको ऋण दायित्व पनि बढेको हो। पुससम्ममा सरकारको तिर्न बाँकी बाह्य ऋण दायित्व १३ खर्ब एक अर्ब रूपैयाँ रहेको थियो। माघमा यस्तो तिर्न बाँकी बाह्य ऋण दायित्व १३ खर्ब २८ अर्ब रूपैयाँ पुगेको हो। सरकारले माघमा थप ५२ करोड रूपैयाँ यस्तो बाह्य ऋण तिरेको थियो। 

    साउनदेखि माघसम्ममा भने सरकारले कुल २२ अर्ब ९६ करोड यस्तो ऋण भुक्तानी गरेको छ।  माघसम्ममा सरकारको लिएकोमध्ये २६ खर्ब ११ अर्ब ऋण तिर्न बाँकी छ। यसमध्ये आन्तरिक ऋण दायित्व १२ खर्ब ८२ अर्ब र बाह्य ऋण १३ खर्ब २८ अर्ब रूपैयाँ छ। 

    नेपालको कुल ऋण दायित्व कुल गाहस्थ्य उत्पादन (जिडिपी) को आधारमा बढेर ४५.७७ प्रतिशत पुगेको हो। पुसमा यस्तो दायित्व जिडिपीको आधारमा ४४.४६ प्रतिशत थियो।

    पुसमा जिडिपीको तुलनामा आन्तरिक ऋण २१.६४ र बाह्य ऋण २२.८१ प्रतिशत थियो। माघमा जिडिपीको तुलनामा आन्तरिक ऋण २२.४९ र बाह्य ऋण २३.२८ प्रतिशत पुगेको हो। 

    चालु आर्थिक वर्षमा सरकारले कुल पाँच खर्ब ४७ अर्ब ऋण उठाउने लक्ष्य लिएको छ। तीन खर्ब ३० अर्ब आन्तरिक र दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने सरकारको लक्ष्य हो। माघसम्ममा सरकारले कुल दुई खर्ब ९० अर्ब रूपैयाँ ऋण प्राप्त गरेको छ।

    सरकारले आन्तरिक ऋण लक्ष्यको ६९.४४ प्रतिशत (एक खर्ब ८४ करोड रूपैयाँ) उठाइसकेको छ। बाह्य ऋण भने लक्ष्यको २८.३१ प्रतिशत (एक खर्ब ५५ अर्ब रूपैयाँ) उठाइसकेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend