images

२०८३ आश्विन १९ गते

images
images
images

'द सेभेन डग्स' को रिमेकबाट हलिउडमा डेब्यू गर्दै सलमान खान

'द सेभेन डग्स' को रिमेकबाट हलिउडमा डेब्यू गर्दै सलमान खान

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं । बलिउड अभिनेता सलमान खान हलिउड फिल्ममा डेब्यू गर्दैछन्।

    images
    images

    सन् २०२१ को अर्जेन्टिनी फिल्म 'द सेभेन डग्स' को रिमेकमार्फत उनले हलिउडमा डेब्यू गर्न लागेका हुन्। यस फिल्मलाई रोड्रिगो गुरेरोले निर्देशन गरेका थिए।भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यो हलिउड फिल्मको छायांकन दुबईमा भइरहेको छ। छायांकन सेटबाट सलमानको फर्स्टलुक लिक भएको छ। 

    सार्वजनिक भिडिओमा उनी गम्भिर अवतारमा देखिएका छन्। एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, 'मेगास्टार सलमान खान आफ्नो हलिउड फिल्मको छायांकनको लागि साऊदी अरबमा छन्।'

    images
    images

    सलमान आगामी बलिउड फिल्म 'सिकन्दर' मा देखिनेछन्। यसमा उनी अभिनेत्री रश्मिका मन्दनासँग देखिनेछन्। यो फिल्म सन् २०२५ को इदमा प्रदर्शन हुनेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend