images

२०८३ आश्विन ३० गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर,बढ्यो अस्ट्रेलियन डलर, पाउन्ड र दिनारको मूल्य

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर,बढ्यो अस्ट्रेलियन डलर, पाउन्ड र दिनारको मूल्य

images
images
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  •  

    images
    images

    नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज फेरि अमेरिकी डलर अहिले सम्मकै महँगो बनेको छ। त्यसैगरी अस्ट्रेलियन डलर, पाउन्ड, दिनार सहितका विदेशी मुद्राको मूल्य बढेको छ। युरोको मूल्य भने घटेको छ। युरोको मूल्य हिजो पनि घटेको थियो। 

    images
    images

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ४३ पैसा छ। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिले सम्मकै सबैभन्दा महँगो हो। 

    गएको माघ २५ गते पनि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। त्यसयता घटेको अमेरिकी डलर बढेर आज पुनः उच्च बनेको हो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४५ रुपैया २७ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९० पैसा छ। त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ७१ पैसा छ। 

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६४ पैसा छ।  त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ८७ पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ ८१ पैसा छ।

    त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ९७ पैसा छ।

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend