images

२०८३ आश्विन १९ गते

images
images
images

चलचित्र 'यो मन त मेरो नेपाली हो' को प्रदर्शन मिति घोषणा

चलचित्र 'यो मन त मेरो नेपाली हो' को प्रदर्शन मिति घोषणा

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं ।  चलचित्र 'यो मन त मेरो नेपाली हो' को प्रदर्शन मिति मिति घोषणा गरिएको छ । यस चलचित्रको प्रदर्शन मिति २०८२ सालको असार २७ गते तय गरिएको छ। यस चलचित्रलाई आरआर फिल्मस् प्रा.लि.ले वितरण गर्ने छ।

    images
    images

    चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भूपेन्द्र लिङ्देन “मन्त्री”,सुवास भण्डारी,विजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ।

    अमेरीकामा रहेका साहित्यकार नर प्रधान ९मित्र० को निर्देशन तथा कथा रहेको चलचित्र ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको छ।चलचित्रमा संगीत दीपक शर्मा, विकास चौधरी र तोरम्पा हाङ राईले दिएका छन्। सौरभ लामाले छायांकन गरेका छन् भने सम्पादन बनिश शाहको हो। देव महर्जनको द्वन्द्व, रेनिश फागोको कलरिस्ट, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend