images

२०८३ आश्विन १९ गते

images
images
images

विवादमा 'सनम तेरी कसम २'

विवादमा 'सनम तेरी कसम २'

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • सन् २०१६ मा रिलिज भएको फिल्म 'सनम तेरी कसम' ले रि-रिलिजमा राम्रो कमाइ गरिरहेको छ।यसैबीच फिल्मको सिक्वेल विवादमा आएको छ। केही समयअघि एक अन्तर्वार्तामा निर्देशक राधिका राव र विनय सप्रूले 'सनम तेरी कसम २' बनाउने घोषणा गरेका थिए।

    images
    images

    यस कुरामा निर्माता दीपक मुकुटले असन्तुष्टि जताएका छन्। उनका अनुसार उनले पहिला 'सनम तेरी कसम' निर्माण घोषणा गरेका हुन्। निर्माता भएको हिसाबले फिल्मको राइट्स उनीसँग छ। दपिक मुकुटले भारतीय सञ्चारमाध्यम बलिउड हंगामासँग कुराकानी गर्दै भने, 'म सनम तेरी कसमको निर्माता हुँ। फिल्मको आईपी मसँग छ। त्यसैले यसको सिक्वेल, प्रीक्वेल अथवा रिमेक बनाउने अधिकार मसँग छ। मैले सेक्टेम्बर २०२४ मा हर्षवर्धनसँग सिक्वेलको घोषणा गरेको थिएँ। त्यतिबेला निर्देशक विनय र राधिकासँग मेरो कुनै कुराकानी भएको थिएन। न उनीहरूले मसँग भेटे न मैले यसबारे कुनै कुराकानी गरें। मैले अहिलेसम्म निर्देशक तय गरेको छैन।'

    यतिबेला फिल्मको स्क्रिप्टमा काम भइरहेको छ। फिल्मको लागि अभिनेता हर्षवर्धन राणे मात्रै अनुबन्धित भएका छन्। तर अभिनेत्री फाइनल गरिएको छैन।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend