images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • नेक्सन वेन्चरले चितवनमा एक्सचेन्ज क्याम्प आयोजना...

नेक्सन वेन्चरले चितवनमा एक्सचेन्ज क्याम्प आयोजना गर्दै, पुरानासँग ‘एलईभी ०१’ गाडी साट्न पाइने

नेक्सन वेन्चरले चितवनमा एक्सचेन्ज क्याम्प आयोजना गर्दै, पुरानासँग ‘एलईभी ०१’ गाडी साट्न पाइने

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं । चिनियाँ ब्रान्ड एलएस अटोको नेपालका लागि आधिकारिक विक्रेता नेक्सन वेन्चर प्रा.लि. ले टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । कम्पनीले चितवनमा दुई दिन टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प आयोजना गर्ने बताएको हो ।

    images
    images

    नेक्सन वेन्चरका महाप्रबन्धक नविन फुयाँलका अनुसार सो कार्यक्रम चितवन गार्डेन रिसोर्टमा फागुनको ९ र १०  गते आयोजना हुनेछ । कम्पनीले बिक्री गर्दै आएको एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी गाडीसँग जुनसुकै गाडी ब्रान्डका गाडी भ्यालुएसनका आधारमा साट्न सकिने व्यवस्था मिलाइने छ ।  नेपाली बजारमा स्ट्याण्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा उपलब्ध यो गाडी कम्पनीले नेपाल गत महिना मात्र भित्र्याएको थियो । नेपालमा आएपछि उक्त गाडी धेरैको रोजाइमा परेको र इन्क्वायरी पनि बढ्दो रहेको फुयाँलले जानकारी दिए । 

    ‘यी भेरियन्टका गाडी चितवनको क्याम्प साट्न, र किन्न पाइने छ, उच्च क्षमताका यी गाडीले प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्ने योजना बनाउँदै एक्सचेन्ज क्याम्पको आयोजना गर्न लागेका हौं,’ उनले भने । उत्कृष्ट प्रदर्शन क्षमता भएको एलईभी ०१ मा ६७.१ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक रहेको छ । यो ईभीले एक पटकको फुल चार्जमा ५०० प्लस किलोमिटरसम्मको रेन्ज दिन्छ । हनिकम्ब आर्किटेक्चरमा डिजाइन भएको यो ब्याट्री प्याकले समान साइज भएका अन्य ब्याट्री प्याकभन्दा ८ देखि १० प्रतिशत बढी रेन्ज दिने कम्पनीको भनाई छ ।

    images
    images

    २१० एमएमको ग्राउण्ड क्लियरेन्स यो एसयूभीमा ९९ किलोवाटको इलेक्ट्रिक मोटर दिइएको छ । एलईभी ०१ को क्याबिनमा मल्टिकलर एम्बियन्ट लाइट, मल्टिफङ्सनल स्टेरिङ ह्वील, लेदरेट सिटकभर,  इलेक्ट्रिक एड्जस्टेबल फ्रन्टसिट, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्टुमेन्ट क्लस्टर, प्यानारोमिक स्काई रुफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड तथा अटोमेटिक एसी यो गाडीको खास फिचर हो ।  सुरक्षाको लागि यो एसयूभीमा ६ वटा एयरब्याग, ईबीडी, एबीएस, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रिक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रिक पार्किङ ब्रेक, अटोहोल्ड, हिल असिस्ट कन्ट्रोल लगायत सुविधा पनि दिइएको छ । 

    युरो एनक्याबबाट क्र्यास टेस्टमा ५ स्टारको सेफ्टी रेटिङसमेत पाएकाे यस गाडीको खरिदमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर सम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छ । कम्पनीले स्ट्याण्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार रुपैयाँ र कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकेको छ । यस्तै, कम्पनीले बालुवाटार शोरुममा माघ २३ गतेदेखि ३० गतेसम्म एक्सचेन्ज क्याम्प आयोजना गरेको थियो । उक्त क्याम्पमा पनि ग्राहकको उल्लेखिय सहभागिता भई सम्पन्न भएको फुयाँलले जानकारी दिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend