images

२०८३ आश्विन ३० गते

images
images
images

७५३ वटै स्थानीय तहमा बैकिङ सेवा विस्तार, राष्ट्र बैंक भन्छ, 'सुरक्षित बैंकिङ कारोबार गरौं'

७५३ वटै स्थानीय तहमा बैकिङ सेवा विस्तार, राष्ट्र बैंक भन्छ, 'सुरक्षित बैंकिङ कारोबार गरौं'

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं ।  नेपाल राष्ट्र बैंकले ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकहरुको सेवा विस्तार भएको जनाएको छ । केन्द्रीय बैंकले मंगलबार एक वित्तीय सन्देश जारी गर्दे सबै स्थानीय तहमा बैंकिङ सेवा विस्तार भएको जनाएको छ । 

    images
    images

    साथै केन्द्रीय बैंकले सर्वसाधारणलाई इजाजत पत्रप्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सुरक्षित बैंकिङ कारोबार गर्न आग्रह समेत गरेको छ ।केन्द्रीय बैंकद्वारा जारी सन्देशमा भनिएको छ,’देशमा वित्तीय पहुँच अभिवृद्धि गर्दै सुदृढ, समावेशी र दिगो बैंकिङ्ग प्रणाली निर्माण गर्ने नेपाल राष्ट्र बैंकको पहलस्वरूप माघ २८ गते बझाङ जिल्लाको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडको शाखा विस्तार भएसँगै अब देशका ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ ।’

    २०८१ पुस मसान्तसम्ममा नेपालमा वाणिज्य बैंकहरूको शाखा संख्या ५ हजार ७८ र विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थासमेत गरी बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार ५ सय ४५ पुगेको छ । यसका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रत्येक शाखाले औसतमा २ हजार ५२६ जनसंख्यालाई सेवा प्रदान गरिरहेको छ । यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखाहरूमार्फत बचत र कर्जाको कारोबारका साथै डिजिटल बैंकिङ्ग जस्ता आधुनिक उपकरणमार्फत बैंकिङ सेवा प्रवाह भइरहेको छ ।null

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend