images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • किट कलेजले माग्यो माफी , नेपाली...

किट कलेजले माग्यो माफी , नेपाली विद्यार्थीलाई दबाब दिने ५ कर्मचारी कारबाहीमा

किट कलेजले माग्यो माफी , नेपाली विद्यार्थीलाई दबाब दिने ५ कर्मचारी कारबाहीमा

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं । भारतको ओडिसा स्थित किट कलेजले नेपाली छात्राको मृत्यु प्रकरणमा ५ जनालाई कारबाही गरेको छ । दुई सुरक्षा गार्डहरूलाई निष्कासित गरिएको छ भने तीन कर्मचारीहरू निलम्बनमा परेका छन् ।

    images
    images

    किट कलेजका रजिस्ट्रारले एक सूचना जारी गर्दै सो जानकारी दिएका हुन् । १६ फेब्रुअरीमा भएको घटनालाई लिएर कलेजका अधिकारी र सम्पूर्ण कर्मचारीहरूलाई गहिरो अफसोच भएको सूचनामा उल्लेख छ ।

    सूचनाअनुसार दुई सुरक्षा कर्मचारीहरू तत्कालै हटाइएका थिए । यस्तै दुईजना होस्टल कर्मचारी र इन्टरनेसनल रिलेसन्स अफिस (आइआरओ) का एक वरिष्ठ प्रशासकीय अधिकृतलाई निलम्बन गरिएको हो ।उनीहरूले नेपाली विद्यार्थीहरूलाई छिटोभन्दा छिटो कलेज छोड्न दबाब दिएका थिए ।

    images
    images

    नेपाली विद्यार्थीहरूलाई सो कलेजमा फिर्ता गराउने कार्यमा सहजीकरण गर्न एउटा कन्ट्रोल रुम २४ सै घण्टा खुला राख्ने पनि कलेजको सूचनामा उल्लेख छ ।उक्त घटनामा नेपाली विद्यार्थीहरूसँग आफ्ना कर्मचारीहरूले बोलेका केही कुराहरूलाई लिएर कलेजले माफी मागेको छ । कलेजभित्र सुरक्षित वातावरण बनाइने पनि विज्ञप्तिमा जनाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend