images

२०८३ आश्विन १९ गते

images
images
images

१८ गतेदेखि स्वरोजगार लघुवित्तको एफपीओ खुल्ने

१८ गतेदेखि स्वरोजगार लघुवित्तको एफपीओ खुल्ने

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ)मा फागुन १८ गतेदेखि आवेदन खुल्ने भएको छ ।

    images
    images

    अंकित मूल्य १ सयका दरले १ लाख ९५ हजार ७७३ कित्ता सेयर सर्वसाधारणका लागि खुल्न लागेको हो । न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

    इक्रा नेपालबाट कम्पनीले बीबी माइनस रेटिङ पाएको छ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

    images
    images

    पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ छ भने वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ २३ पैसा छ । दोस्रो बजारमा सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ५५ रुपैयाँ छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend