काठमाडौंं । चिनियाँ मोबाइल कम्पनी भिभोको बहुप्रतिक्षित स्मार्टफोन भिभो भी–५० भारतीय बजारमा सार्वजनिक भएको छ।उक्त फोन सोमबार सार्वजनिक भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। यसअघि भिभोको यो सिरिज चीनमा सार्वजनिक भएको थियो।
यो फोनमा ६.७ इञ्च डिस्प्ले छ। फोनको पछाडि ५०/५० मेगापिक्सलको दुई वटा क्यामरा जडान गरिएको छ।त्यस्तै, सेल्फी लिन भने अगाडि पट्टी ५० मेगापिक्सलको एउटा क्यामरा जडान गरिएको छ।यो फोनको ब्याट्री क्षमता ६ हजार एमएएचको हुनेछ।यो तीन वटा रंगमा उपलब्ध हुनेछ।
यसमा स्न्यापड्रयागन ७ जेन–३ प्रोसेसर हुने अनुमान गरिएको छ। यो फोन ८ जिबी/१२८ जिबी, ८ जिबी/२५६ जिबी र ८ जिबी/५१२ जिबी क्षमतामा पाइन्छ।फोनको मूल्य क्रमशः ३४ हजार ९ सय ९९, ३६ हजार ९ सय ९९ र ४० हजार ९ सय ९९ सय भारू तोकिएको छ।
नेपाली बजारमा पनि भिभो फोनको माग उच्च छ। भिभो भी–५० सिरिज नेपाली बजारमा पनि मार्चभित्रै ल्याउने तयारी गरिएको भिभो नेपालले जानकारी दिएको छ।




.gif)





