images

२०८३ आश्विन १९ गते

images
images
images
  • कला / संस्कृति
  • नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५...

नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र

नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौं। विलक्षण क्रियसन प्रा.लि. र कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा १३ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५’ (नाइफ)को तयारी अन्तिम चरणमा पुगेको छ । यो महोत्सव यही ९ फागुनबाट ११ फागुनसम्म नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजना हुँदै छ ।

    images
    images

    महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रका अनुसार यो महोत्सवको राष्ट्रिय चलचित्रको प्रतिस्पर्धामा यस पटक २९ वटा लामा छोटा चलचित्र महोत्सवको फाइनलको लागि चयन भएका छन् ।महोत्सवमा प्राप्त ७३ वटा चलचित्र, वृत्तचित्र, लघु चलचित्र, आदिवासी जनजाति चलचित्र तथा सांगीतिक लघु चलचित्र र विद्यार्थी चलचित्रबाट २८ वटा लामा छोटा चलचित्र महोत्सवको फाइनलको लागि चयन भएका हुन् ।जसमा कथानक चलचित्र सात वटा, लघु चलचित्र ७ वटा, सांगीतिक लघु चलचित्र ५ वटा, वृत्तचित्र ४ वटा, आदिवासी जनजाति चलचित्र ३ वटा, विद्यार्थी चलचित्र २ वटा रहेका छन् ।

    महोत्सवमा यस पटक प्राप्त १६ वटा कथानक (फिचर) चलचित्रहरू मध्यबाट निर्णायक टिमले फाइनलको लागि ७ वटा चलचित्र चयन गरेको हो । शँकर घिमिरे निर्देशित तेल भिसा, ऋषिराज आचार्य निर्देशित द्रौपदी, जसमा दीपाश्री निरौला निर्देशित छक्का पञ्जा ५, माधवराज खरेल निर्देशित चिठ्ठी, घनश्याम लामिछाने निर्देशित लन्डन टु पेरिस, कृषा चौलागाई निर्देशित ऐँचो पैँचो र विनोद बुढाथोकी निर्देशित संकल्प रहेका छन् ।संकल्प पहिलो पटक जापानमा निर्माण भएको नेपाली चलचित्र हो ।

    images
    images

    यसै गरी यो महोत्सवमा फाइनल चरणको लागि लघु चलचित्र तर्फ रौनक विक्रम कँडेल निर्मित निर्देशित रेड, प्रद्युम्न मिश्र निर्देशित खुसी, सन्तोष सुवेदी निर्देशित द ट्रि म्यान, विकास मगर (विश्वास) निर्देशित खिल, कृष्णप्रसाद धिताल निर्देशित एप्रोन, गृष्म श्रेष्ठ निर्देशित आकाश, राजन खरेल निर्देशित हयर एम आई र डब्बु क्षत्री निर्देशित सिगरेट रहेको छ । यी मध्य रेड, सिगरेट र हयर एम आई अप्रतियोगी चलचित्र हुन् ।महोत्सवमा फाइनलको लागि प्राप्त वृत्तचित्र मध्य ४ वटा नेपाली वृत्तचित्र तथा बृत्तचलचित्र अन्तिम प्रतिस्पर्धाको लागि चयन भएका छन् । जसमा रामजी ज्ञवाली निर्देशित रित्तो गाउँ, अरुण कुमार प्रधान निर्देशित (माता : लिभिङ गडेज) लव प्याकुरेल निर्देशित गल्र्स रिवेरिङ र शिव पुरी निर्देशित डिफिनेटेड टु डिसापियर रहेका छन् ।महोत्सवमा यस पटक प्राप्त २४ वटा सांगीतिक लघु चलचित्र मध्य पाँच वटा अन्तिम प्रतिस्पर्धाको लागि चयन भएका छन् ।

    जसमा सोनाम पाख्रिन निर्देशित तिमी आँसु रहेछौ, हेमन्त शिशिर निर्देशित सँगै जुनी काटम्ला, देवेन्द्र कुँवर निर्देशित मायाले सजाउँला, जनक सिंह निर्देशित भुल्नै गारो भो, बबिता मगरको थिँक अवाउट यु र वीरेन्द्र भट विपिन निर्देशित जिन्दगी खेल जस्तै रहेको छ ।

    यसै गरी आदिवासी जनजाति चलचित्रको प्रतिस्पर्धामा नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५को लागि फाइनलमा तीन वटा चलचित्र चयन भएका छन् । जसमा दर्शनवीर शाक्य निर्देशित नेपाल भाषाको लघु चलचित्र इन्द्रायणी, सागर केरुङ निर्देशित लिम्बु भाषाको चलचित्र के टु र आचार्य गोपाल निर्देशित मगर भाषाको चलचित्र अखत रहेका छन् ।
    यस पटक स्टुडेन्ट चलचित्रको सूचीमा अन्तिम प्रतिस्पर्धाको लागि दुई विद्यार्थी चलचित्र चयन भएका छन् । जसमा कमला पौडेल र झरना साउद निर्देशित नो स्मोकिङ प्लिज र मोहन अभिलाषी निर्देशित स्कुल वाल रहेका छन् । महोत्सवमा चयन भएका चलचित्र, वृत्तचित्र, लघु चलचित्रबाट विभिन्न विधाको अवार्डको मनोनयन सूची पनि निर्णायक टिमले जारी गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend