images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • शिक्षा विधेयकमा ईसीडी शिक्षक, विद्यार्थीका सुझाव...

शिक्षा विधेयकमा ईसीडी शिक्षक, विद्यार्थीका सुझाव पनि समेटिएका छन् : सभापति थापा

शिक्षा विधेयकमा ईसीडी शिक्षक, विद्यार्थीका सुझाव पनि समेटिएका छन् : सभापति थापा

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक–२०८० का लागि प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक), विद्यार्थीको पनि सुझाव संकलन गरिएको बताएका छन्।

    images
    images

    विद्यालय शिक्षा विधेयक–२०८० र ईसीडी शिक्षाबारे शनिबार काठमाडौँमा आयोजित एक अन्तर्क्रियामा सभापति थापाले भने, ‘प्रदेश सांसदहरू, सरोकारवालाहरू, ईसीडी शिक्षकहरूसँग हरेक ठाउँमा सुझाव लिइरहेका छौं। हामी प्रदेशमा जाँदा कम्तिमा दुईटा विद्यालय हेरेर आएका छौं। अब कस्तो शिक्षा चाहिन्छ भनेर विद्यार्थीसँग अन्तर्क्रिया गरेका छौं। सांसद, सरोकारवाला, शिक्षक, विद्यार्थी सबैका सुझाव समेटेका छौं।’

    विद्यार्थीलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ त्यसलाई ख्याल गरेर विधेयक अगाडि बढाइएको उनले बताए। त्यसैगरी थापाले अरु विधेयक पास गरेजस्तै सजिलो शिक्षा विधेयक पास गर्न नभएको बताए।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend