images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • ट्रायम्फ नेपालले सार्वजनिक गर्‍यो ‘स्क्र्याम्बलर ४००एक्स’को...

ट्रायम्फ नेपालले सार्वजनिक गर्‍यो ‘स्क्र्याम्बलर ४००एक्स’को पर्ल ह्वाइट भेरियन्ट, कति पर्छ मूल्य?

ट्रायम्फ नेपालले सार्वजनिक गर्‍यो ‘स्क्र्याम्बलर ४००एक्स’को पर्ल ह्वाइट भेरियन्ट, कति पर्छ मूल्य?

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौं ।  ट्रायम्फ मोटरसाइकलले नेपालमा स्क्र्याम्बलर ४००एक्स को नयाँ पर्ल ह्वाइट भेरिएन्ट सार्वजनिक गरेको छ। ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले बाइक फेस्ट २०२५ को अवसरमा यसको भव्य अनावरण गरे।अक्टोबर २०२४ मा पहिलो पटक आफ्नो उपस्थिति जनाएको ट्रायम्फ मोटरसाइकलले बाइक फेस्टमा स्क्र्याम्बलर ४००एक्स र स्पीड ४०० सार्वजनिक गरिएको थियो।

    images
    images

    विशेषगरी स्क्र्याम्बलर ४००एक्स ले नेपालका बाइक प्रेमीहरूबाट उच्च लोकप्रियता हासिल गरेको छ। यसको मजबुत बनावट, शक्तिशाली इन्जिन, तथा अफ-रोड र अन-रोड दुबैमा चल्ने क्षमताले साहसिक यात्राका पारखीहरूलाई विशेष रूपमा आकर्षित गरिरहेको छ। त्यस्तै, स्पीड ४०० सहरमा सजिलो र आकर्षक यात्रा गर्नेहरूका लागि लोकप्रिय विकल्प बनेको छ।

    पर्ल ह्वाइट स्क्र्याम्बलर ४००एक्स को आगमनसँगै, ट्रायम्फ नेपालले ग्राहकहरूलाई नयाँ शैलीको विकल्प प्रदान गर्दै बाइकको उत्कृष्ट प्रदर्शन र बहुउपयोगी विशेषता जोगाइराख्न खोजेको छ। ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले ट्रायम्फ नेपाललाई बिक्री तथा बिक्रीपछिको सेवा विस्तार गर्न प्रेरित गरेको कम्पनीको दाबी छ।नेपालमा ट्रायम्फ मोटरसाइकलहरू प्रति ग्राहकहरूको माग अत्यधिक रहेकोले, कम्पनीले आफ्नो बिक्री तथा सेवा केन्द्रको क्षमता बढाउने निर्णय लिएको छ। यसले ग्राहकहरूलाई सुविधाजनक मर्मत सेवा प्रदान गर्ने र उत्कृष्ट ग्राहक अनुभव सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

    images
    images

    लन्च कार्यक्रममा बोल्दै ट्रायम्फ नेपालका म्यानेजर तथा चर्चित मोटोभ्लगर सागर थापाले स्क्र्याम्बलर ४००एक्स नेपालका बाइक प्रेमीहरूको मन जित्न सफल भइसकेको दाबी गरे। नयाँ पर्ल ह्वाइट भेरिएन्टले यस बाइकलाई झनै आकर्षक बनाउने उनको भनाइ छ। नयाँ पर्ल ह्वाइट स्क्र्याम्बलर ४००एक्सको मूल्य ६ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend